Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षा

सन्दीप आधारभूतका विद्यार्थीलाई गरिमाको न्यानो कपडा

सन्दीप आधारभूतका विद्यार्थीलाई गरिमाको न्यानो कपडा

images
  • सन्दीप आधारभूतका विद्यार्थीलाई गरिमाको न्यानो कपडा
    images
    images

    देवदह । गरिमा विकास बैंक भैरहवा शाखाले सन्दीप आधारभुत विद्यालय देवदह–९ का विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । 

    images
    images
    images

    वैंकको १९ओैं स्थापना दिवसको अवसरमा विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीलाइ न्यानो कपडा ट्रयाकसुट वितरण गरिएको विद्यालयका प्रधानाध्यापक दुर्गालाल तिवारीले जानकारी दिए । 

    images
    images
    images

    सोही अवसरमा बोल्दै वैंकका लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भट्टराईले सामाजिक उत्तरदायित्व अन्तरर्गत न्यानो कपडा ट्रयाकसुट वितरण गरिएको बताए । भट्टराईले भने, ‘वैंकको नाफाबाट १ प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने नीति अनुसार यो पटक सन्दिप आधारभुत विद्यालयलाई छनौट गरिएको हो ।’ वैंकले शिक्षा क्षेत्रमा विभिन्न शिर्षकमा खर्च गरिरहेको बताउँदै सबै अभिभावकहरुको थोरै धेरै लगानीबाट वैंक सञ्चालन हुने समेत उल्लेग गरे । 

    images
    images
    images

    कार्यक्रममा भैरहवा शाखा प्रमुख सुरज भट्टराई देवदह शाखा प्रमुख कविता शर्मा भैरहवा शाखाका कर्मचारी माधव पाण्डेको उपस्थित थियो । 

    सोहि अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन बहादुर जि सीले सम्मान पत्र प्रदान गर्दै वैंकले न्यानो कपडा वितरणका लागि विद्यालयलाई छनौट गरेकोमा खुसी व्यक्त गरे । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सन्दीप
  • # गरिमा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।