देवदह । सेभेन स्टार ईङ्ग्लिस बोर्डिङ स्कुलमा नयाँ विद्यार्थी स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयले कक्षा नर्सरीदेखि कक्षा ९ सम्म अध्ययनका लागि भर्ना भएका करिब १८५ जना नयाँ विद्यार्थीलाई स्वागत तथा सम्मान गरेको जनाएको छ । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए ।
विद्यालयले अबदेखि विद्यार्थीहरूको खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउन विशिष्ट खेल प्रशिक्षकको व्यवस्था गरिएको जानकारी दिएको छ ।
त्यसैगरी, हालै प्रकाशित एसइई परीक्षाको नतिजामा देवदह क्षेत्रमा उत्कृष्ट ३.८३ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई विद्यालयले सम्मान तथा बधाई दिएको छ । उत्तीर्ण विद्यार्थीलाई सम्मानसहित पुरस्कृत गरिएको विद्यालयका प्रिन्सिपल टिकाराम चापागाईंले जानकारी दिए ।
विद्यालयबाट यस वर्षको एसइईमा सहभागी व्दियार्थीमध्ये ११ जनाले ए प्लस प्राप्त गरेको र विद्यालयको समग्र उत्तीर्ण दर ९४ प्रतिशत रहेको विद्यालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology