देवदह । केही वर्षअघि विद्यालय शिक्षा परिक्षा (एसइई) मा अपेक्षित नतिजा नआएको भन्दै देवदहको एक विद्यालयका दुई बालिकाले आत्महत्या गरे । सहि सिकाइको अभावले बालबालिकामा के असर गर्छ र त्यसको नतिजा कस्तो हुन्छ भन्ने एउटा उदाहरण हो - दुई बालिकाको आत्महत्या प्रकरण । तर देवदहमै यस्ता विद्यालय पनि छन्, जसले विद्यार्थी र अभिभावकमा सकारात्मक सोच र उत्प्रेरणा भरेर शिक्षण सिकाइ गरिरहेका छन् । त्यसैको उदाहरण हो - सेभेन स्टार इङ्ग्लिश बोर्डिंङ स्कुल ।
देवदह नगरपालिका–२ ढेकावरमा रहेको सेभेन स्टार सेभेन स्टारले बिहिवार आफ्ना अभिभावकलाई 'असल अभिभावक, जिम्मेवारपूर्ण भूमिका' विषयमा प्रशिक्षित गर्यो । ७०० भन्दा बढी अभिभावकको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा प्रशिक्षक रमण भट्टराईले अभिभावकको जिम्मेवारी, बालबालिकाको समग्र विकासमा परिवारको भूमिका तथा सकारात्मक अभिभावकत्वका विषयमा प्रशिक्षण दिए ।
प्रशिक्षकले अभिभावकको आखाँमा आसु, खुसी, सपना र जिम्मेवारीलाई एकैसाथ ल्याइदिए । बालबालिका को हुन् र उनीहरुप्रति शिक्षक, विद्यालय प्रशासन र अभिभावकको के कस्तो जिम्मेवारी रहन्छ भन्ने विषयमा भट्टराईले प्रष्ट्याए ।
कार्यक्रममा ब्रह्माकुमारी विश्वविद्यालयका प्रतिनिधिहरू, विद्यालयका शेयर सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको समेत उपस्थिति रहेको विद्यालयले जनाएको छ । सो अवसरमा विद्यार्थीहरूले विशेष सांस्कृतिक प्रस्तुतिसमेत दिएका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टिकाराम चापागाईंले विद्यालय र अभिभावकबीचको समन्वयले विद्यार्थीको शैक्षिक तथा नैतिक विकासलाई थप मजबुत बनाउने धारणा राखे । विद्यालयका अध्यक्ष प्रजापति सापकोटा, स्थानीय अगुवा दिपक पौडेल लगायतले शिक्षा क्षेत्रको विकासमा सबै पक्ष जिम्मेवार हुनुपर्ने विचार व्यक्त गरे ।
२०६४ सालमा स्थापना भएको विद्यालयमा हाल कक्ष १२ सम्म अध्ययन हुँदै आएको छ । करिब १ हजार १ सय विद्यार्थी अध्ययनरत विद्यालयले आधारभूत तहको परिक्षा, एसइई, एसएलसीसंगै अतिरिक्त क्रियाकलापहरुमा समेत उत्कृष्ट नतिजा दिंदै आएको शिक्षक सुर्य डुम्रेले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology