देवदह । देवदहस्थित सेभेन स्टार इङ्लिस बोर्डिङ स्कुलमा एसइई परीक्षा दिन लागेका विद्यार्थीका लागि बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयको सभाहलमा आयोजना गरिएको कार्यक्रममा कक्षा १० का विद्यार्थीलाई कक्षा ९ का विद्यार्थीले सम्मानसहित बिदाइ गरे ।
कक्षा ९ का मनन गिरीको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरूले नृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक मोहन गिरी, प्राचार्य टिकराम चापागाईं, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रजापति सापकोटा लगायतले शुभकामना व्यक्त गरे । वक्ताहरूले एसइईलाई आत्मविश्वासका साथ सामना गर्न विद्यार्थीलाई आग्रह गर्दै सफलताको कामना गरे ।
सो अवसरमा देवदह नगरपालिका वडा नं. १ का वडाध्यक्ष दिपक नेपाललाई सम्मान गरिएको छ ।
विद्यालयले आगामी दिनमा शैक्षिक गुणस्तर अझ सुदृढ बनाउने, विद्यार्थीलाई आवश्यक सुविधा विस्तार गर्ने तथा आधुनिक संरचना निर्माण गर्ने योजनाबारे पनि जानकारी दिएको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology