Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

हिमाल आरोहणका क्रममा पाँच आरोही तथा पथप्रदर्शकको मृत्यु

हिमाल आरोहणका क्रममा पाँच आरोही तथा पथप्रदर्शकको मृत्यु

images
  • हिमाल आरोहणका क्रममा पाँच आरोही तथा पथप्रदर्शकको मृत्यु
    images
    images

    काठमाडौँ । वसन्त ऋतुमा हिमाल आरोहणका क्रममा पाँच जना आरोही तथा पथप्रदर्शकको मृत्यु भएको छ ।

    images
    images
    images

    पर्यटन विभागका अनुसार हिमाल आरोहण तथा जिम्मेवारी निर्वाहका क्रममा पाँच जना आरोही तथा पथप्रदर्शकको असामयिक निधन भएका हो ।

    images
    images
    images

    जस अनुसार सगरमाथा क्षेत्रमा तीन जना र मकालु हिमाल क्षेत्रमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुका पथप्रदर्शक लाक्पा डेण्डी शेर्पा, विजय घिमिरे र फुरा गेल्जेन शेर्पा रहेका छन् । त्यस्तै चेक गणतन्त्रका डेभिड रुबिनेक तथा अमेरिकाकी जोहान्सेन सेलीको पनि मकालु हिमाल क्षेत्रमा मृत्यु भएको विभागले जनाएको छ ।

    images
    images
    images

    विभागका अनुसार लाक्पा डेण्डी शेर्पाको बैशाख २० गते सगरमाथा आधार शिविर नजिक मृत्यु भएको थियो । विजय घिमिरेको बैशाख २७ गते सगरमाथाको खुम्बु आइसफल क्षेत्रमा तथा फुरा गेल्जेन शेर्पाको बैशाख २८ गते सगरमाथा बेस क्याम्प क्षेत्रमा निधन भएको उल्लेख छ ।

    त्यसैगरी डेभिड रुबिनेकको बैशाख २१ गते मकालु हिमालको करिब ८ हजार ३ सय मिटर उचाइमा तथा जोहान्सेन सेलीको बैशाख २८ गते मकालु हिमाल क्षेत्रमा मृत्यु भएको विभागले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हिमाल आरोहण
  • # मृत्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।