Logo

२०८३, आश्विन ९गते


images
images

रुपन्देहीको तिलोत्तमामा रोका प्यारिवेयरको सो-रुम  सञ्चालनमा

रुपन्देहीको तिलोत्तमामा रोका प्यारिवेयरको सो-रुम  सञ्चालनमा

images
  • रुपन्देहीको तिलोत्तमामा रोका प्यारिवेयरको सो-रुम  सञ्चालनमा
    images
    images

    तिलाेत्तमा । रोका प्यारिवेयर बाथरुम प्रोडक्ट्स प्रालिले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सो-रुम सञ्चालनमा ल्याएकाे छ । उक्त सो-रुमको मंगलबार एक समारोहका बीच उद्घाटन भएकाे हाे । रोका बाथरुम प्रोडक्ट्सका प्रबन्ध निर्देशक केई रंगनाथनले साे-रुम शुभारम्भ गरेका हुन् । सो-रुम रोका प्यारिवेयरको आधिकारिक बिक्रेता सद्धार्थ भूमि इन्टरनेशनल ट्रेडिङ प्रा.लि.ले सञ्चालनमा ल्याएको हो ।

    images
    images
    images

    उद्घाटन समाराेहकाे सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक रंगनाथले रोका प्यारिवेयर ब्राण्डका उत्पादन उत्कृष्ट रहेकै कारण बजारमा अत्याधिक माग बढेकाे दाबि गरे । उनले भने ‘ रोक प्यारिवेयरका ब्राण्डहरु आकर्षक र टिकाऊ छन् । नेपालमा पनि यसको माग बढ्दै गएको छ २ वर्षको काेभिड संक्रमण पछि नेपालमा निर्माण कार्य पुनः बढेको रहेछ । यससँगै हाम्रा उत्पादनहरुका माग पनि बढेको छ । त्यसैले सो- रुमहरु पनि विस्तार गर्दैछौं । राम्रो सामान बिक्री गर्न राम्रो सो-रुम पनि आवश्यक पर्छ । यहाँ, तिलोत्तमामा स्थापना भएको यो सो-रुम पनि हाम्रा ब्राण्डहरु जस्तै आकर्षक रहेको छ।’

    images
    images
    images

    तिलोत्तमास्थित सो-रुम, सिद्धार्थ भूमि इन्टरनेशनल ट्रेडिङ प्रा.लिका अध्यक्ष मधुसुदन पाण्डेले गुणस्तरीय निर्माणसँगै गुणस्तरीय र आकर्षक बाथरुम सामग्रीका लागि रोका प्यारिवेयरका उत्पादन विश्वासिलो रहेको बताए । उनले भने ‘ रोका प्यारिवेयरका सामानको माग बढ्दो छ । रुपन्देहीका मुख्य शहर बुटवल,भैरहवा,तिलोत्तमा लागयतका क्षेत्रहरुमा सहज रुपमा सेवा दिने उद्देश्यले तिलोत्तमाको मणिग्राममा सो-रुम सञ्चालन गरेका हौं।’

    images
    images
    images

    सो-रुमको कम्पनीका प्रबन्ध निर्देशक केई रंगनाथ,अपर नर्थ इण्डिया प्रमुख पुष्पिन्दर बाहली , कम्पनीका नेपाल प्रमुख दिपकराज अधिकारी,तिलोत्तमा सो रुम प्रमुख मधुसुदन पाण्डे, प्रबन्ध निर्देशक रामप्रसाद घिमिरे, निर्देशकद्वय नाराण खत्र खत्री र रितेश सिलवाल लगाएतले रिबन काटेर तथा बत्ती बालेर शुभारम्भ गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तिलाेत्तमा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।