Logo

२०८३, आश्विन ९गते


images
images

तिलोत्तमा होम्सका ४१ घर बुकिङ, मूल्य डेढ कराेड देखी साढे २ करोडसम्म

तिलोत्तमा होम्सका ४१ घर बुकिङ, मूल्य डेढ कराेड देखी साढे २ करोडसम्म

images
  • सेतोमसी सहकर्मी
  • तिलोत्तमा होम्सका ४१ घर बुकिङ, मूल्य डेढ कराेड देखी साढे २ करोडसम्म
    images
    images

    रिया बस्नेत क्षेत्री, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण भइरहेको हाउजिङ परियोजना ‘तिलोत्तमा होम्स’का ४१ घर बुकिङ भएका छन् । लुम्बिनी अष्‍टदीप मल्टिनेशनल प्रालिले बुटवल–भैरहवा सडकको भलवारीमा एकीकृत आधुनिक सुविधा सम्पन्‍न आवास परियोजना निर्माण थालनी गरेको हो ।

    images
    images
    images


    दुई अर्बभन्दा बढी लगानी हुने तिलोत्तमा होम्स परियोजनाभित्र १०९ घरहरु निर्माण गरिने तिलोत्तमा होम्स परियोजनाका मार्केटिङ प्रमुख सुदिप ढकालले जानकारी दिए । लुम्बिनी अष्‍टदिपले हाउजिङमा १० धुर (५.३४ आना) र १५ धुर (८ आना) क्षेत्रफलमा दुई क्याटेगोरीका भूकम्प प्रतिरोधि आधुनिक घरहरु निर्माण गरिरहेको छ । received_2034447840054301.jpeg

    images
    images
    images

    १५ धुर क्षेत्रफलका ४२ वटा र १० धुर क्षेत्रफलका ६७ वटा घरहरु निर्माण गर्न लागेको ढकालले बताए । उनका अनुसार, सबै घरहरु साढे दुई तलाका हुनेछन्  । १० धुरमा बनेको घरको मूल्य १ करोड ७५ लाख रुपैयाँ र १५ धुर क्षेत्रफलमा बन्‍ने घरको मूल्य २ करोड ५० लाख रुपैयाँ तोकिएको छ । 

    images
    images
    images

    व्यवस्थित शहरीकरणको उद्देश्यसहित १०९ वटा घर बन्ने परियोजना अन्तर्गत ५५ घर बन्दै छन् । जस अन्तर्गत २० वटाको ढलानको काम सकिएको र ३५ वटाको जगको काम सकिएको ढकालले बताए । निर्माणाधिन आवास क्षेत्रमा कम्पाउण्ड भित्र सबै घरपरिवारले उपयोग गर्न मिल्नेगरी अत्याधुनिक कमर्सियल कम्प्लेस, सामुदायिक भवन, व्याडमिन्टन कवर्ड हल, बास्केटबल कोर्ट, स्वीमिङ्ग पुल, चिल्ड्रेन्स पार्क, जिमखाना, मन्दिर, हेल्थक्लब, रेष्टुरेण्ट, सैलून, ब्यूटीपार्लर, ग्रीन जोन रहने ढकालले बताए । यस्तै परियोजना स्थलभित्र मूल बाटो २६ फुट र सहायक बाटो २४ फुटका रहनेछन् । परियोजनाको निर्माण कार्य सर्वश्रेष्ठ विल्डर्सल गरिरहेको कम्पनीले जनाएको छ  ।

    परियोजना अन्तर्गत बन्ने घर तथा अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुने सामग्री सरकारले तोकेको मापदण्ड अनुसारका हुने र निर्माण कार्य पूर्णतः इञ्जिनियरको सुपरीवेक्षणमा भइरहेको कम्पनीका प्रमुख कार्यकारी निर्देशक प्रकाश भण्डारीले बताए।  परियोजना निर्माण स्थलको माटो परीक्षण गरी त्यसको आधारमा नक्सा डिजाइन गरिएको र घरहरु भूकम्प प्रतिरोधात्मक हुने उनको भनाइ छ । 

    परियोजना स्थलमा ढल निकास, खानेपानी व्यवस्थापन, टेलिफोन, विद्युत् जस्ता पूर्वाधार विकासको काम कम्पनी आफैले गर्ने कम्पनीका प्रोेजेक्ट म्यानेजर यदुराज बरालले जानकारी दिए । परियोजना अन्तर्गत बन्ने घरहरुको निर्माण कार्य सकिएर सम्पूर्ण घर बिक्री भएपछि त्यहाँ रहने सार्वजनिक स्थान तथा पूर्वाधारको सञ्चालन तथा व्यवस्थापनको जिम्मा त्यहाँ रहने सोसाइटी आफैले गर्ने उनले बताए ।

    विशेष गरी मध्यम वर्गको आर्थिक अवस्था भएकाहरुलाई लक्षित गरी सञ्चालन गरिएको परियोजनामा जग्गा र घरको क्षेत्रफलको आधारमा पहिलो समूहमा १५ धुर जगामा २९ सय स्क्वायर फिटको घर निर्माण गरिने छ ।  दोस्रो समूहमा १० धुर क्षेत्रफलमा २२ सय स्क्वायर फिटका घर निर्माण गरिने कम्पनी प्रचेज डिपार्टमेन्ट प्रमुख षडानन्द पोखरेलले बताए ।

    एन्ट्रास्पेश टेक्निकल कन्सल्टद्वारा डिपिआर तयार पारी काम भइरहेको एकीकृत बस्तीमा घर लिन चाहानेहरुलाई अधिकतम २५ वर्षसम्मको फाइनान्स सुविधा उपलब्ध गराउने उनले बताए । विशेष गरी सरकारी कर्मचारी, बैंकका कर्मचारी तथा विदेशमा रहेका नागरिकहरुलाई लक्षित गरी एकै आर्थिक अवस्था भएका व्यक्तिहरु जसले आधुनिक बस्ती र सुरक्षित बस्तीको चाहना राख्नेहरुको परियोजनाका आवासप्रति आकर्षण रहेको कम्पनीको दाबी छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।