Logo

२०८३, आश्विन ९गते


images
images

मेगा बैंक रुरु शाखाले अतिबिपन्न छात्रालाई नि:शुल्क पढाउने

मेगा बैंक रुरु शाखाले अतिबिपन्न छात्रालाई नि:शुल्क पढाउने

images
  • मेगा बैंक रुरु शाखाले अतिबिपन्न छात्रालाई नि:शुल्क पढाउने
    images
    images

    गुल्मी । मेगा बैंकले अतिबिपन्न परिवारका तीन जना छात्रालाई निशुल्क पढाउने भएको छ । आर्थिक अवस्था अति कमजोर भएका छोरीहरुको उज्जवल भविष्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप 'शिक्षा नै ज्योति अभियान' अन्तर्गत देशभरका प्रत्येक शाखाबाट २ जना छात्रालाई निशुल्क पढाउने निर्णय भएको र रुरु शाखाले भने ३ जना छात्राहरुलाई निशुल्क पढाउन लागेको बैंकले जनाएको छ ।

    images
    images
    images

    बैंकको सोही निर्णय अनुसार गुल्मीको बलेटक्सारमा रहेको रुरु शाखाले पनि ३ जना अति बिपन्न परिवारका छात्राहरुलाई निशुल्क पढाउन लागेको रुरु शाखा शाखा प्रबन्धक बिज्ञान पन्तले बताए । पन्तका अनुसार प्रत्यक बर्ष ३ जना विपन्न परिवारका छात्राहरुले पढ्न पाउँनेछन । 

    images
    images
    images

    आर्थिक अवस्था कमजोर भएका, बाबा आमा नभएका वा अत्यन्तै पिडित (भुकम्प, आगोलागि, बाढि) आदि परिवारका छोरीहरुलाई पहिलो प्राथमिकतामा राखेर  पढाउने प्रबन्धक पन्तले बताएका छन् । 

    images
    images
    images

    मेगा बैंकले प्रत्येक बर्ष १ बिद्यार्थी बराबर ११ हजार रुपैया उपलब्ध गराउँने र गराईराखेकाे प्रबन्धक पन्तले बताएका छन साथै उनिहरुलाई समय समयमा शैक्षिक सामाग्री पनि बैंकले उपलब्ध गराउने छ ।

    हाल रुरुक्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत ३ जना छात्रालाई बैंकले निशुल्क पढाईरहेको छ ।

     शिक्षामा बालिकाहरुको पहँचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पु¥याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न यस कार्यक्रम लिएको बैंकले जनाएको छ ।

    यहि कार्यक्रम अनुसार सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत सयौं छात्राहरुलाई अहिले मेगा बैंकले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । यो छात्रवृत्तिले शाखा संचालित वडा-पालिकामा मेगा बैंकलाई जनताको बैंकको रुपमा स्थापित गरेको छ भने मेगा बैंकले “बैंक अफ दि इयर २०१९” नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको थियो । 

    यसका साथै, सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत विपन्न वर्गका छात्राहरुलाई पढाउने लगायतका सामाजिक कार्य गरेकै कारण मेगा बैंकले गत साता 'बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड २०२२' र मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले 'वुमन बैंकिङ सिइओ अफ दि एयर अवार्ड, २०२२' समेत जितेकी थिईन् । नेपालभरि मेगा बैंकका  २०७ शाखा रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # मेगा बैंक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।