Logo

२०८३, आश्विन १०गते


images
images

एमाले रुरुक्षेत्रमा आकांक्षीको लर्को, उम्मेदवारकाे नाम टुङ्याउन केही दिन लाग्ने

एमाले रुरुक्षेत्रमा आकांक्षीको लर्को, उम्मेदवारकाे नाम टुङ्याउन केही दिन लाग्ने

images
  • सेतोमसी सहकर्मी
  • एमाले रुरुक्षेत्रमा आकांक्षीको लर्को, उम्मेदवारकाे नाम टुङ्याउन केही दिन लाग्ने
    images
    images

    कृष्ण अन्जान, गुल्मी । स्थानिय तहकाे निर्वाचनकाे मिति नजिकिँदै गर्दा रुरुक्षेत्र गाउँपालिका र मातहतका वडाहरुमा नेकपा एमालेकाे तर्फबाट उम्मेदवार बन्न आकांक्षीहरूको लर्को लामै छ । पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारका आकांक्षी काे हुने भन्ने विषयमा पार्टीको आन्तरिक तयारी तिब्र पारिएकाे छ ।
      
       
     २०७४ सालकाे स्थानिय तहकाे निर्वाचनमा गाउँ पालिका प्रमुख सहित जना २७ जनप्रतिनिधि जित्न सफल एमालेभित्र उम्मेदवार बन्नकालागि आकाँक्षिहरुले आ-आफ्नो तहबाट लबिङ गरिरहेका छन् ।

    images
    images
    images

    मुख्यतया गाउँपालिकाकाे अध्यक्षमा जिल्ला सचिवालय सदस्य तथा रुरुक्षेत्रका पार्टी ईन्चार्ज हिमाल श्रेष्ठ, जिल्ला कमिटी सदस्य तथा रुरुक्षेत्र गाउँ पालिकाका सह ईन्चार्ज शेष नारायण पौडेल, रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष फर्सुराम ज्ञवाली र  नेता चक्रपाणी गौतमले दावी गरेका छन् ।

    images
    images
    images

    यसैगरि उपाध्यक्षमा एमाले नेतृहरू लक्ष्मीदेवी पन्त, उप प्रमुख तुल्सी श्रेष्ठ, अन्जु केसी, मिना गौतम र एमाले रुरुक्षेत्र गाउँ कमिटी उपाध्यक्ष लक्ष्मी ज्ञवालीले दावी गरेका छन् ।
       
    यसैगरि वडा तहमा रुरुक्षेत्र गाउँपालिका वडा न १ मा रामलाल बिक, नवराज बिक ,चिरन्जिवि ज्ञवाली, खेमराज ज्ञवाली, चन्द्रलाल कसजु, माधव ज्ञवाली, चुरामणी कँडेल, यमनारायण भण्डारी, सुन्दर भण्डारी, नर बहादुर हमाल र हाेमनाथ ज्ञवालीकाे दावि छ भने वडा न २ मा घनस्याम अर्याल ,हरि ज्ञवाली ,माधव ज्ञवाली , देव वहादुर बिक  भुवन बराल र थर्क कुवँर  आकाँक्षी देखिएका छन ।

    images
    images
    images

    यसैगरि वडा न ३ थानपतिमा हुतराज गौतम, तिलक ज्ञवाली, मेघराज ज्ञवाली, लाेकनाथ ज्ञवाली, बालकृष्ण ज्ञवाली, बैकुण्ठ श्रेष्ठ र ज्ञानेश्वर ज्ञवालीकाे वडाध्यक्ष पदमा आकाँक्षा देखिएकाे छ ।
      
    वडा न ४ बलेटक्सारमा ताेयनारायण ज्ञवाली, माेति प्रसाद श्रेष्ठ, खगेन्द्र श्रेष्ठ, नारायण केसी, रामचन्द्र गौतम, कुल प्रसाद ज्ञवाली र इन्द्र मणि ज्ञवाली काे वडाध्यक्षमा आकाँक्षा देखिएकाे छ । भने वडा न ५ बम्घामा पदम श्रेष्ठ, बिरबल पुरी, लाल बहादुर खत्री र बिमल ज्ञवालीकाे आकाँक्षा देखिएकाे छ । यता वडा न ६ रिमुवामा राेमनाथ पौडेल, ज्ञान बहादुर काला, चेत बहादुर पछाइँ र कुल बहादुर रेगामीले वडाध्यक्षकाे उम्मेदवारमा आकाँक्षा राखेकाे स्राेतले बताएकाे छ ।

    सवै पदहरुमा आकाँक्षा राख्नेहरु पार्टी र पार्टीका जनवर्गीय सँगठनका जिम्मेवार पदमा रहेका युवा र पाका राजनैतिक कार्यकर्ता रहेका छन ।

    गत स्थानीय निकायकाे निर्वाचनमा गठवन्धनका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरुलाई भारी मतान्तरले पराजित गरेकाे एमालेले वडा नं. ५ मा हार बेहाेरेकाे थियाे ।
     
    गाउँपालिकाकाे अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्षका आकाँक्षि बिच विभिन्न तहमा सहजि करण गरिरहेकाे र दुईचार दिनमै उम्मेदवार हरुकाे टुँगाे लगाई सक्ने पार्टी स्राेतले बताएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # नेकपा एमाले
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।