Logo

२०८३, श्रावण २७गते


images
images

आइपीएल

आइपीएल फ्रेन्चाइजी राजस्थान रोयल्सको स्वामित्व १.६३ अर्ब डलरमा बिक्री

आइपीएल फ्रेन्चाइजी राजस्थान रोयल्सको स्वामित्व १.६३ अर्ब डलरमा बिक्री

images
  • आइपीएल फ्रेन्चाइजी राजस्थान रोयल्सको स्वामित्व १.६३ अर्ब डलरमा बिक्री
    images
    images

    काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२६ सुरु हुनुअघि नै राजस्थान रोयल्स टोली नयाँ मालिकको हातमा जाने सहमति भएको छ ।

    images
    images
    images

    अमेरिकी मूलका व्यवसायी काल सोमानीले करिब १.६३ अर्ब अमेरिकी डलरमा राजस्थान रोयल फ्रेन्चाइजी खरिद गर्ने सम्झौता गरेका हुन् । यो सम्झौता आईपीएल इतिहासकै सबैभन्दा महँगो मानिएको छ ।

    images
    images
    images

    यद्यपि, उक्त सम्झौता आईपीएल २०२६ पछि मात्र लागू हुने र यो सिजनमा भने टोली पुरानै मालिकको नियन्त्रणमै रहने बताइएको छ ।

    images
    images
    images

    यसअघि गत वर्ष गुजरात टाइटन्समा पनि स्वामित्व परिवर्तन भएको थियो, जसले फ्रेन्चाइज मूल्य उल्लेख्य रूपमा बढाएको थियो ।

    सम्झौतापछि क्रिकेट विश्लेषकहरूले यसलाई आईपीएलका लागि ठूलो उपलब्धि भएको बताएका छन् । उच्च मूल्यमा टोली बिक्री हुनुले प्रतियोगिताको लोकप्रियता र व्यापारिक सम्भावना झन् बढेको संकेत गरेको छ । 

    काल सोमानीले विगतमा प्रविधि र खेल क्षेत्रमा लगानी गर्दै आएका छन्। उनी विभिन्न खेलसम्बन्धी परियोजनामा संलग्न रहँदै आएका छन्।

    यसैबीच, अर्को चर्चित टोली रोयल च्यालेन्जर्स बेंगलुरु पनि बिक्रीको तयारीमा रहेको चर्चा छ । उक्त टोलीको मूल्य २ अर्ब अमेरिकी डलरभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।