Logo

२०८३, श्रावण २७गते


images
images

आइपीएल

आइपीएल  : सनिवार गुजरातसँग दिल्ली तथा राजस्थानसँग लखनउ भिड्दै

आइपीएल  : सनिवार गुजरातसँग दिल्ली तथा राजस्थानसँग लखनउ भिड्दै

images
  • आइपीएल  : सनिवार गुजरातसँग दिल्ली तथा राजस्थानसँग लखनउ भिड्दै
    images
    images

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएलमा) मा सनिवार दुई खेल हुँदैछन् । पहिलो खेलमा गुजरात र दिल्लीबिच दिउसोँ ३ : ४५ मा प्रतिस्पर्धा हुँदा अर्को खेलमा राजस्थान र लखनउ भिड्नेछन् । खेल साँझ ७ : ४५ मा हुनेछ । 

    images
    images
    images

    जारी आइपीएलमा आफुले खेलेको ६ खेलमा ५ जित निकाल्दै १० अङ्क सहित तालिकाको शिर्ष स्थानमा रहेको दिल्लीले आजको खेलमा गुजरातलाई पराजित गर्दै आफ्नो अग्रता कायम राख्ने प्रयास गर्नेछ । ६ खेलमा ४ खेल जित्दै ८ अङ्क सहित तालिकाको तेश्रो स्थानमा रहेको जुगरातले खेल जित्दै एक स्थान सुधान गर्न प्रयत्नरत रहनेछ । दुवै टिमलाई जारी आइपीएलको उपाधि दावेदार मानिएकाले पनि आजको पहिलो खेललाई महत्वका साथ हेरिएको छ । 

    images
    images
    images

    यस्तै दोश्रो खेलमा पाँचौ स्थानमा रहेको लखनउ सुपर जेन्ट्सले अंक तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको राजस्थान रोयल्सको सामना गर्नेछ । प्रतियोगितामा लखनउले ७ खेल खेल्दै ४ जित निकालेको छ भने राजस्थानले आफुले खेलेका ७ खेलमा २ मा मात्र जित हासिल गरेको छ । आजको खेलमा दुवै टिमलाई अंक सुधार गर्ने मौका हुनेछ ।

    images
    images
    images

    लो स्कोरिङ खेलमा बैंगलोर पञ्जावसँग पराजित

    प्रतियोगिताको शुक्रवार सम्पन्न लो स्कोरीङ्ग म्याचमा पञ्जाब किंग्सले पाँचौ जित निकाल्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आफ्नो सातौं खेलमा पञ्जाबले बैंगलोरलाई ५ विकेटले हराउँदै अङ्क तालिकामा १० अङ्क बनायो ।

    घरेलु मैदानमा वर्षाले प्रभावित खेल १४ ओभरमा घटाइएको थियो । जहाँ पञ्जावले टस जितेर बैंगलोरलाई पहिले ब्याटिङका लागि निम्ता दियो । जसमा बैंगलोरले निर्धारित १४ ओभरमा ९५ रन मात्र बनाउन सक्यो ।

    benglor photo.jpg

    बैंगलोरका लागि टिम डेभिडले ५० रनको अर्धशतकीय इनिङ खेल्नु सर्वाधिक रह्यो । उनी बाहेक थप दोहरो स्कोरका रुपमा कप्तान रजत पाटीदारको २३ रन रह्यो । पञ्जावका लागि अर्सदीप सिंह, मार्को यानसन, युजवेन्द्र चाहल र हर्पीत ब्रारले समान २–२ विकेट लिए ।

    ९६ रनको लक्ष्य पछ्याएको पञ्जाबले उक्त लक्ष्य ११ बल बाँकी हुँदै ५ विकेट गुमाएर पूरा गर्यो । उसका लागि नेहल वाढेराले ३३ रन बनाउँदा जोस इंग्लिसले १४ रन बनाए । त्यस्तै प्रभसिम्रनले १३ र प्रियन्स अर्याले १६ रन बनाए । बैंगलोरका लागि जोस ह्याजलवुडले ३ विकेट लिंदा भुवनेश्वर कुमारले २ विकेट हात पारे ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।