Logo

२०८३, श्रावण २७गते


images
images

आइपीएल

स्टार अलराउण्डर आन्द्रे रसेलको आइपीएलबाट सन्यास

स्टार अलराउण्डर आन्द्रे रसेलको आइपीएलबाट सन्यास

images
  • स्टार अलराउण्डर आन्द्रे रसेलको आइपीएलबाट सन्यास
    images
    images

    काठमाडौँ । वेस्ट इण्डिजका अलराउण्डर आन्द्रे रसेलले इण्डियन प्रिमियर लिग (आइपिएल) बाट सन्यासको घोषणा गरेका छन् ।

    images
    images
    images

    आइपिएलका ११ सिजन कोलकोता नाइट राइडर्सबाट खेलेका रसेलले आइतबार आइपिएल नखेल्ने घोषणा गरेका हुन् । ३७ बर्षिय रसेललाई कोलकोताले आगामी अक्सन अघि टिमबाट रिलिज गरेको थियो ।

    images
    images
    images

    रसेलले अब आइपीएल नखेल्ने घोषणा गर्दै कोलकोताको प्रशिक्षकको टिममा रहने बताएका छन् । उनले भनेका छन्- 'अनि सबैभन्दा राम्रो कुरा के हो भने, म घर छोडेर जाँदै छैन, तपाईंले मलाई २०२६ को पावर कोचको रूपमा केकेआरको सपोर्ट स्टाफमा नयाँ भूमिकामा देख्नुहुनेछ ।'

    images
    images
    images

    रसेलले २०१२ र २०१३ सिजन दिल्लीबाट खेलेका थिए भने त्यसपछिका ११ सिजन कोलकोताबाट खेलेका थिए । उनले कोलकोताबाट १३३ खेल खेलेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपीएल
  • # आन्द्रे रसेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।