एजेसी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ६ विकेटले हराएको छ । दुबईको शारजाहमा गएराती भएको खेलमा पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले १ सय ५६ रन बनाएको थियो ।
बेङ्ग्लोरले दिएको एक सय ५७ रनको लक्ष्य चेन्नईले ११ बल बाँकी छँदै ४ विकेट गुमाएर भेटायो । चेन्नईका सुरेश रैना १७ रनमा र कप्तान महेन्द्रसिंह धोनी ११ रनमा अविजित रहे । ऋतुराज र फाफ डु प्लेसिसले ७१ रनको साझेदारी गरे । बेगलोरका हर्षल पटेलले सर्वाधिक दुई विकेट लिए । युजभेन्द्र चहल र ग्लेन म्याक्सवेलले एक एक विकेट लिए । उता बेङ्ग्लोरले देवदत्त पाडिकलको ७३ र विराट कोहलीको ५३ रन मद्दतमा एक सय ५६ रन बनाएको थियो ।
एवि डिभिलियर्स १२, म्याक्सवेल ११ रनमा आउट भए । चेन्नईका ड्वेन ब्राभोले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । शार्दूल ठाकुरले दुई र दीपक चाहरले एक एक विकेट लिए । जितसँगै चेन्नई १४ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । बेङ्ग्लोर भने १० अङ्कसहित तेस्रो स्थानमा छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology