देवदह । देवदह आदर्श बहुमुखी क्याम्पसको पाचौं क्याम्पस सभा एवं १३ औं बार्षिकोत्सव मनाएको छ । मंगलबार क्याम्पस प्राङ्गणमामा एक समारोह आयोजना गरि क्याम्पसले बार्षिकोत्सव मनाएको हो ।
उक्त वार्षिकोत्सव समारोहमा बाल्दै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा राखेकोले शैक्षिक स्तरवृद्धि गर्न तिनै तहका सरकार लाग्नु पर्ने बताए । शिक्षाको विकासले मात्र समाज रुपान्तरण गर्न सकिने भएकोले तिनै तहका सरकारले शिक्षामा लगानी बढाउन आवश्यक रहेकोमा उनले जोड दिए ।
सोही कार्यक्रममा बोल्दै लुम्विनी प्रदेश सभा सदस्य डा. कृष्णप्रसाद न्यौपाने र दिपा विश्वकर्माले क्याम्पसलाई नमुना शैक्षिक संस्थाको रुपमा विकास गर्न लुम्विनी प्रदेश तयार रहेको बताएका थिए ।
क्याम्पसका अध्यक्ष धुव्रप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा ओमसतिया गाउपालिकाका प्रमुख हिरा केवट, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, नेपाली काग्रेस देवदहका सभापति गुनाखर भुर्तेल, चन्दातादा चेतप्रसाद वस्याल लगायतले बोलेका थिए ।
कार्यक्रममा अध्यक्ष खरेलले बार्षिक प्रतिवेदन, क्याम्पस प्रमुख मित्रलाल न्यौपानेले शैक्षिक प्रतिवेदन र लेखा संयोजक लिलावल्लभ भट्टराईले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रम क्याम्पस संचालक समितिका उपाध्यक्ष वासुदेव रिमालको स्वागत र सहायक क्याम्पस प्रमुख जयकिशन अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology