Logo

२०८३, आश्विन ९गते


images
images

आयुर्वेदमा आकर्षण बढाउँदै महिला कर्मचारीेले मात्र चलाएकाे रिडी आयुर्वेदिक औंषधालय

आयुर्वेदमा आकर्षण बढाउँदै महिला कर्मचारीेले मात्र चलाएकाे रिडी आयुर्वेदिक औंषधालय

images
  • सेतोमसी सहकर्मी
  • आयुर्वेदमा आकर्षण बढाउँदै महिला कर्मचारीेले मात्र चलाएकाे रिडी आयुर्वेदिक औंषधालय
    images
    images

    कृष्ण अन्जान, गुल्मी । रुरुक्षेत्रकाे रुरुधाममा रहेकाे रिडी  आयुर्वेदिक औंषधालयमा दैनिक तीन  दर्जन भन्दा बढि बिरामीहरु उपचारका लागि आउने गर्छन ।

    images
    images
    images

    याे आयुर्वेदिक अौषधालयमा आउने बिरामीकाे चापले आयुर्वेद चिकित्साकाे बढ्दाे विस्वसनियता बढाएकाे मात्र छैन,  मान्छेहरुमा आयुर्वेदप्रति आकर्षण पनि बुझ्न सकिन्छ ।

    images
    images
    images

    विहान दशबजे खुल्ने आयुर्वेद अौषधालयमा साँझ पाँच बजेसम्म बिरामी आउने क्रम चलिरहन्छ । मुख्यतया ग्यास्ट्रिक, वात, दम, हातखुट्टा जाेर्नुी दुखेको र अधिकतम कतै गएर सन्चो नभएका जिर्ण राेगी याे आयुर्वेद अौषधालयमा अत्यधिक आउने गरेकाे यहाँ कार्यरत कविराज दीक्षा भण्डारी बताउँछिन् ।

    images
    images
    images

    यहाँबाट यतिबेला विभिन्न राेगका २२ थरी अौषधि निशुल्क उपलब्ध हुने गरेकाे छ  । धेरै जसाे जेष्ठ नागरिकहरु यहाँ उपचार गर्न आउने र अौषधियुक्त तेल लगाएर सेक्ने मशिन पनि सन्चालन गरेकोले शरिरमा दुखेका हाड जाेर्नी सेकाउन आउनेकाे पनि भिड लाग्ने गरेकाे अौषधालयकी कार्यालय प्रमुख समेत रहेकी कविराज दीक्षा भण्डारीकाे भनाई छ ।


    हाल पुर्ण कर्म र पन्चकर्मका लागि ल्याव र अभ्यासका लागि उपयुक्त हल नभएको उल्लेख गर्दै लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट १० लाख बजेट बिनियाेजन भएकाे र छिटै ल्यावकाे सुविधासंगै पुर्ण कर्म र पन्चकर्म अनि याेगाभ्यास समेतलाई सहज हुने उनी बताउछिन् ।

    गज्जबकाे कुरा के छ भने याे आयुर्वेद अौषधालय महिला कर्मचारीले मात्र सन्चालन गरिरहेका छन् । भण्डारीको नेतृत्वमा शुशिला अर्याल र मुना पौडेल केसी यहाँ कार्यरत छन् ।

    रुरुक्षेत्रकाे थाेर्गा ग्वादि, च्यूृरेक, भट्कुवा, सत्यवतिकाे अस्लेवा, ठुलाेलुम्पेक, पाल्पाकाे रैनादेवि, रिव्दीकाेट, तानसेन नगरपालिकाकाे वडा न १४ काे अर्गली कुसेनी स्याङ्जाको कालिगण्डकीकाे कारिकाेट, किपट  लगायतका क्षेत्रहरूबाट यहाँ उपचारका लागि विरामी आउने गरेका छन ।

    त्यसाे त रुरुक्षेत्र गाउँ पालिका वडा न ३ थानपति र रुरुक्षेत्र गाउँ पालिका वडा न २ काे ग्वादिमा मासिक रुपमा घुम्ती क्लिनिक समेत रिडी आयुर्वेद अौषधालयले सन्चालन गरि हरेक पटक चालिस पचास जनालाई चेकजाँच र आयुर्वेद अौषधि बितरण गर्दै आएकाे छ । सँगसँगै स्थानीय सामुदायिक विद्यालयहरुमामा याेग र आयुर्वेदकाे सचेतनाका कक्षाहरु पनि पटकपटक रिडी आयुर्वेद अौषधालयले सन्चालन गरेकाे छ । स्थानीय रिडी माध्यमिक विध्यालय र सँस्कृत माध्यमिक विध्यालयमा आयुर्वेद र याेगका सचेतना कार्यक्रम सम्पन्न भैसकेका छन ।

    आयुर्वेद र याेगलाई अन्धविश्वास ठान्ने, के सन्चो हाेला धुलाे खाएर भन्ने परम्परावादी साेँचलाई वास्तवमै रिडी आयुर्वेद अौषधालयमा तीन जना महिला पात्रले यसरी परिवर्तन गराईदिएका छन् की यहाँ आउने जाे काेहि पनि आयुर्वेदलाई जीवनकाे एउटा अँग मानेर फर्किन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।