Logo

२०८३, श्रावण २७गते


images
images

नयाँ रेकर्ड : भारतमा एकैदिन ४ लाख बढी संक्रमित ३५ सय २३ को मृत्यु

नयाँ रेकर्ड : भारतमा एकैदिन ४ लाख बढी संक्रमित ३५ सय २३ को मृत्यु

images
  • नयाँ रेकर्ड : भारतमा एकैदिन ४ लाख बढी संक्रमित ३५ सय २३ को मृत्यु
    images
    images

    काठमाडौं । भारतमा कोरोना संक्रमणले एकपछि अर्को रेकर्ड राखिरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ४ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images
    images
    images

    पछिल्लो एक दिनमा भारतमा ४ लाख १ हजार ९ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन कुनै पनि देशमा ४ लाखभन्दा बढीलाई संक्रमण देखिएको यो पहिलो पटक हो ।

    images
    images
    images

    त्यसैगरी पछिल्लो एक दिनमा ३ हजार ५ सय २३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने २ लाख ११ हजार ८ सय ५३ पुगेको छ । भारतमा अहिलेसम्म १ करोड ९१ लाख ६४ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ५६ लाख संक्रमणमुक्त भएका छन् ।

    images
    images
    images

    भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ६८ हजारभन्दा बढी छ । भारतमा पछिल्लो २४ घण्टामा १९ लाख ४५ हजार २ सय ९९ नमुना परीक्षण भएको थियो ।

    भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।

    महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ६९ हजार ७ सय १० जनामा संक्रमण पुष्टि भएको छ भने ८ सय २८ जनाको मृत्यु भएको छ । 

    त्यस्तै राजधानी दिल्लीमा पछिल्लो २४ घण्टामा २५ हजार २ सय ८८ जनामा संक्रमण पुष्टि हुनुका साथै ३ सय ७५ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा उत्तर प्रदेशमा ३२ हजार ४ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ भने ३ सय ३२ जनाको मृत्यु भएको छ । त्यस्तै पश्चिम बंगालमा ११ हजार ३ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ भने ९६ जनाको मृत्यु भएको छ । त्यस्तै नेपालसँग सीमा जोडिएको बिहारमा पछिल्लो २४ घण्टामा ११ हजार १ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ भने ८० जनाको मृत्यु भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।