Logo

२०८३, श्रावण २७गते


images
images

टी-२० अन्तर्राष्ट्रिय क्रिकेट

जिम्बाब्वेमाथि भारतको शानदार जित, एक खेलअघि नै सिरिज कब्जा

जिम्बाब्वेमाथि भारतको शानदार जित, एक खेलअघि नै सिरिज कब्जा

images
  • जिम्बाब्वेमाथि भारतको शानदार जित, एक खेलअघि नै सिरिज कब्जा
    images
    images

    काठमाडौँ । भारतले जिम्बाब्वेलाई दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ९० रनले हराउँदै तीन खेलको सिरिज २-० को अपराजित अग्रता बनाएको छ । शनिबार साँझ सम्पन्न खेलमा लगातार दोस्रो जितसँगै भारतले एक खेल बाँकी रहँदै सिरिज आफ्नो पक्षमा पारेको हो ।

    images
    images
    images

    पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१९ रनको विशाल योगफल तयार गरेको थियो। जवाफमा जिम्बाब्वेको टोली १७ दशमलव ५ ओभरमा १२९ रनमै समेटियो ।

    images
    images
    images

    २२० रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले सुरुदेखि नै कमजोर प्रदर्शन गर्‍यो । पावरप्लेभित्रै तीन विकेट गुमाएको टोली त्यसपछि खेलमा फर्किन सकेन । जिम्बाब्वेका लागि ब्रायन बेनेटले सर्वाधिक ३२ रन बनाए । तदिवानाशे मारुमानीले २४, रेयान बर्लले २० तथा ब्राड इभान्सले १९ रन जोडे ।

    images
    images
    images

    भारतका अभिषेक शर्माले सर्वाधिक तीन विकेट लिए । पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका यश ठाकुर र प्रिन्स यादवले समान दुई-दुई विकेट हात पारे । रवि बिश्नोई, शिवम दुबे र तिलक वर्माले एक–एक विकेट लिए ।

    यसअघि टस जितेको जिम्बाब्वेले भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। भारतका इशान किशन र तिलक वर्माको अर्धशतकीय इनिङ्सको मद्दतमा भारतले प्रतिस्पर्धात्मकभन्दा पनि बलियो योगफल खडा गर्‍यो । भारतले २९ रनमै दुई विकेट गुमाए पनि कप्तान श्रेयस अय्यर र इशान किशनले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे । त्यसपछि इशान र तिलकले चौथो विकेटका लागि ९४ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई ठूलो स्कोरतर्फ डोर्‍याए । इशानले ४४ बलमा नौ चौका र दुई छक्कासहित सर्वाधिक ८१ रन बनाए । तिलक वर्मा २९ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ६० रनमा अविजित रहे। कप्तान श्रेयस अय्यरले २५, वैभव सूर्यवंशीले २०, रिंकु सिंहले १२, अभिषेक शर्माले आठ तथा शिवम दुबेले अविजित छ रन जोडे । जिम्बाब्वेका लागि ब्लेसिङ मुजारबानी, रिचार्ड नगरावा, ब्राड इभान्स, न्युम्यान न्यामाहुरी र ब्रायन बेनेटले समान एक–एक विकेट लिए।

    यो जितसँगै भारतका कप्तान श्रेयस अय्यरले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय सिरिज जित्न सफल भएका छन् । सूर्यकुमार यादवपछि टोलीको नेतृत्व सम्हालेका श्रेयसको सुरुआत सुखद थिएन । उनको कप्तानीमा भारतले आयरल्यान्ड र इङ्ग्ल्यान्डविरुद्ध सिरिज  गुमाएको थियो भने सुरुआती सात खेलमा जित निकाल्न सकेको थिएन । तर जिम्बाब्वे भ्रमणमा उनले पहिलो शृंखला जित्ने सफलता हात पारे ।

    भारतले यस खेलसँगै एकै पात्रो वर्षमा नवौँ पटक टी- २० क्रिकेटमा २०० भन्दा बढी रन बनाउने उपलब्धि पनि दोहोर्‍याएको छ । यससँगै भारतले सन् २०२४ मा बनाएको एक पात्रो वर्षमा नौ पटक २०० भन्दा बढी रन बनाउने आफ्नै कीर्तिमानको बराबरी गरेको छ। सन् २०२३ मा भारतले सात पटक यस्तो उपलब्धि हासिल गरेको थियो । तीन खेलको सिरिजको तेस्रो तथा अन्तिम टी-२० आज हुदै छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जिम्बाब्वे
  • # भारत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।