Logo

२०८३, भाद्र १५गते


images
images

अन्तर्राष्ट्रिय

जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति

जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति

images
  • सेतोमसी सहकर्मी
  • जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
    images
    images

    काठमाडौँ । रिलायन्स इन्डस्ट्रिज लिमिटेडको डिजिटल तथा दूरसञ्चार शाखा जियो प्लेटफर्म लिमिटेडको साधारण सेयर निष्कासन (आइपीओ) लाई भारतीय धितोपत्र तथा विनिमय बोर्डले स्वीकृति दिएको छ ।

    images
    images
    images

    भारतीय धितोपत्र तथा विनिमय बोर्डले अगस्ट २८ मा स्वीकृति दिएको हो । राष्ट्रिय धितोपत्र कारोबार केन्द्रको आधिकारिक विवरणमा पनि जियोको प्रारम्भिक विवरणपत्रको अवस्था ‘स्वीकृत’ देखिएको छ ।

    images
    images
    images

    कम्पनीले २७ करोड नयाँ सेयर जारी गरी करिब ४ अर्ब अमेरिकी डलर अर्थात् ३७ हजार ७०० करोड भारतीय रुपैयाँ जुटाउने योजना बनाएको छ । यो निष्कासन भारतकै अहिलेसम्मको सबैभन्दा ठूलो साधारण सेयर निष्कासन बन्न सक्ने बताइएको छ ।

    images
    images
    images

    जियोको सेयर निष्कासन कहिले बजारमा आउने भन्ने औपचारिक मिति तय भएको छैन । तर जानकारहरूले दीपावली आसपास निष्कासन हुन सक्ने अनुमान गरेका छन् ।

    रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले यसै वर्षको वार्षिक साधारणसभामा जियो प्लेटफर्मको सेयर निष्कासन गर्ने घोषणा गरेका थिए । जियो प्लेटफर्मले भारतको ठूलो मोबाइल सञ्जाल सञ्चालन गर्नुका साथै पाँचौँ पुस्ता (फाइभजी) को दूरसञ्चार सेवा, सञ्जाल प्रविधि र कृत्रिम बुद्धिमत्तासम्बन्धी प्रविधि उपलब्ध गराउँदै आएको छ ।

    अम्बानीले जियोको सेयर बजारमा सूचीकृत भएपछि भारतले विश्वस्तरका प्रविधि कम्पनी निर्माण गर्न सक्ने क्षमता देखाउने बताएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारत
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।