Logo

२०८३, श्रावण २७गते


images
images

जाँचबुझ आयोगले प्रधानमन्त्री कार्कीलाई बुझायो प्रतिवेदन

जाँचबुझ आयोगले प्रधानमन्त्री कार्कीलाई बुझायो प्रतिवेदन

images
  • जाँचबुझ आयोगले प्रधानमन्त्री कार्कीलाई बुझायो प्रतिवेदन
    images
    images

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । आइतबार सिंहदरबार पुगेर आयोगको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई अनुसन्धानको प्रतिवेदन बुझाएको हो ।

    images
    images
    images

    जेनजी आन्दोलनका घटनाको छानबिन गर्न सरकारले गत असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । सुरूमा तीन महिनाको समयावअधि दिएको थियो। तर,  तोकिएकै समयम काम पूरा नगरेपछि सरकारले बीचमा म्याद थप गरेको थियो ।

    images
    images
    images

    आयोगमा पूर्व एआईजी विज्ञान राज शर्मा र विश्वेश्वर प्रसाद भण्डारी सदस्य रहेका थिए ।  भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा ७४ जनाले ज्यान गुमाएका थिए।

    images
    images
    images

    आन्दोलनका क्रममा देशको  प्रशासनिक केन्द्र सिंहदरबार तथा सर्वोच्च अदालतसहित विभिन्न सार्वजनिक संस्थाहरूमा तोडफोडका साथै आगजनी भएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जाँचबुझ आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।