काठमाडौँ । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका बोलाएको छ ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार लेखकलाई पत्र पठाएर बयानका लागि बोलाएको हो । पत्रमा लेखकलाई आयोगमै ७ दिनभित्र आयोगमा उपस्थित भएर बयान दिन भनिएको छ ।
आयोगले यसपछि तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि पत्र पठाउने तयारी गरेको छ ।
सरकारका तर्फबाट भने २३ र २४ भदौको घटना छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन भएर काम गरिरहेको छ ।
यस क्रममा आयोगको सुरुमा तोकिएको तीन महिनाको समय सकिएपछि एक महिना थप गरिएको छ । जस अनुसार आयोगको म्याद माघ ९ गतेसम्म रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology