Logo

२०८३, आश्विन ९गते


images
images

"साथीको चिठ्ठी"

"साथीको चिठ्ठी"

images
  • "साथीको चिठ्ठी"
    images
    images

     

    images
    images
    images

    कक्षा कोठामा 
    गुरुले जीवनको लक्ष्य सोधेपछि 
    धेरैले जागिर खाने पेसा रोजे
    गुरुको सोधाई स्वाभाविक थियो 
    पढ्ने र जागिर खाने 
    गुरुले पनि त पढेर जागिर खानुभएको हो!

    images
    images
    images

    परिक्षा नजिकै छ
    पढे पास नपढे फेल 
    परिक्षा दिएको साथीले 
    नतिजा आफ्नो पक्षमा ल्याउन सकेन
    अर्थात ऊ फेल भयो 
    कक्षा कोठामा पढाईएको 
    पाठ्यक्रम साथीको निम्ती 
    खास्सै काम लागेन या फापेन

    images
    images
    images

    साथीले गाउँ छाड्ने निर्णय गर्यो 
    झोला बोकेर निस्किएको ऊ
    वर्षैँ भयो  भेट नभएको 
    साथी सँग विदाइका हात हल्लाएको 
    वर्षौँ पछि 
    आज अकस्मात 
    मेरो ईमेलमा चिठ्ठी आएको रहेछ 
    साथीको चिठ्ठी

    साथी जाने बेला यहाँ जान्छु भन्न सकिन
    आफैँलाई थाहा थिएन कहाँ जाँदैछु भन्ने
    यात्रा सपनाको थियो
    तर सपना के हो? थाहा थिएन!
    चोट एउटै थियो फेल भएको 
    पढ्ने ईच्क्षा थिएन 
    तर सिक्ने ईच्क्षा चाहिँ खुब थियो!

    म सानै छँदा 
    मेरी दिदीको विहे भएको मधुरो सम्झना छ
    ऊ पनि फेल भएकी थिइ
    मलाई भने पास हुनुथियो।

    खहरे खोला सम्झन्छु!
    गड्गडाएर हिलो, लेदो बगाउँदै झरेको!
    कहिले काहिँ त मानिस बगाएको सम्झन्छु,
    र फेरी सम्झन्छु सुस्साउँदै बगेको नदी
    जो सालिन पनि छ!
    सम्झन्छु सागर जो बग्दै बग्दैन
    नबगेरै शान्त छ
    गहिरो छ,फराकिलो छ
    प्रिय साथी 
    हो म त्यहि फराकिलो हुन चाहन्थेँ 
    शान्त हुन चाहन्थेँ,गहिरो हुन चाहन्थेँ!

    साथी आज भोली 
    मेरो वर्कसपमा हामीले पढेको 
    पूरानो विद्यालयका विद्यार्थिहरु 
    काम सिक्न आउँछन
    अलि गहिरो गरि भनुँ
    पढ्न आउँछन्
    नपढेरै सिकाउने मास्टर हुनपाएकोछु
    वर्कसपबाटै सबै विद्यार्थिहरु पास भए
    ती मध्ये एउटा तिम्रो छोरा पनि रहेछन्
    छोराको माध्यामबाट यो चिठ्ठी लेख्दैछु

    प्रिय साथी 
    कक्षामा फेल हुँदैमा जीवनमा कहाँ फेल 
    भईने रहेछ र?
    साथी आज भोली कारखानाहरुले
    विवेकहीन मस्तिष्कहरु 
    उत्पादन गर्ने गरेका छन्
    यी विवेकहीन  मस्तिष्कहरु 
    साह्रै डर लाग्दा हुने रहेछन्
    तिमीलाई यी मस्तिष्कहरुको भेलले नबगाओस
    परिक्षामा सफल हुनु कठिन होला 
    तर जीवनमा असल भएर सफल हुनु
    त्यो भन्दा पनि कठिन हुने रहेछ
    प्रिय साथी जीवनमा सँधै असल हुनु है। 


    महेश्वर शर्मा 
    केन्द्रीय सदस्य अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज 
    हाल सिड्नी अष्ट्रेलिया 
    स्थाई देवदह रुपन्देही

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।