Logo

२०८३, श्रावण २७गते


images
images

समावेशिता र भुमिपुत्रको अधिकार सुनिश्चित गर्न पहल गर्छु : खत्री

समावेशिता र भुमिपुत्रको अधिकार सुनिश्चित गर्न पहल गर्छु : खत्री

images
  • समावेशिता र भुमिपुत्रको अधिकार सुनिश्चित गर्न पहल गर्छु : खत्री
    images
    images

    देवदह । रुपन्देही क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार हिराबहादुर खत्रीले जनजाति, मुस्लिम र भुमिपुत्र समुदायको अधिकार तथा समावेशिताको पक्षमा काम गर्ने बताएका छन् ।

    images
    images
    images

    शुक्रबार देवदह नगरपालिका–११ र १२ मा घरदैलोका क्रममा उनले विभिन्न जातजाति, भाषा र संस्कृतिको बसोबास रहेको क्षेत्रमा पहिचानका आधारमा अधिकार स्थापित गर्नु आवश्यक रहेको उल्लेख गरे । मुलुकको रक्षा र कृषि उत्पादनमा यी समुदायको महत्वपूर्ण भूमिका रहेकाले उनीहरूको अधिकार सुनिश्चित गर्न आफूले पहल जारी राख्ने उनले बताए ।

    images
    images
    images

    थारु, चौधरी, यादव लगायत समुदायले भूमि संरक्षण र कृषि उत्पादन वृद्धि गरेको स्मरण गर्दै उनले कृषिको बजारीकरण, भण्डारण, उन्नत बीउबिजन तथा सहज अनुदानका कार्यक्रममार्फत भुमिपुत्रलाई राहत दिने योजना रहेको बताए ।

    images
    images
    images

    घरदैलो अभियानका क्रममा उनले सबै जातीय पहिचान, समावेशिता र संस्कृतिको संरक्षणका लागि राज्यले उपयुक्त नीति ल्याउनुपर्ने धारणा राख्दै जनजाति, मुस्लिम, भुमिपुत्र तथा सबै भाषाभाषीको अधिकारका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

    अभियानमा नगर सभापति गुनाखर भुर्तेल, महासमिति सदस्य सरिता चौधरी, जिल्ला सचिव हरिप्रसाद काफ्ले, सहसचिव बासुदेव रिमाललगायतले रुख चिन्हमा मतदान गरी बहुमतको सरकार बनाउन आग्रह गरेको प्रचारप्रसार सदस्य राजेन्द्र न्यौपानेले जानकारी दिए ।

    उम्मेदवार खत्रीले तिलोत्तमा, ओमसतिया, रोहिणी र देवदहका विभिन्न वडामा घरदैलो तथा जनभेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हिराबहादुर खत्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।