Logo

२०८३, श्रावण २७गते


images
images

आगलागीले वर्ल्डलिंक देवदहको कार्यालय पूर्ण रूपमा नष्ट, साइन बैंक सुरक्षित

आगलागीले वर्ल्डलिंक देवदहको कार्यालय पूर्ण रूपमा नष्ट, साइन बैंक सुरक्षित

images
  • आगलागीले वर्ल्डलिंक देवदहको कार्यालय पूर्ण रूपमा नष्ट, साइन बैंक सुरक्षित
    images
    images

    देवदह । देवदह नगरपालिका–खैरेनीस्थित साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र वर्ल्डलिंकको कार्यालय रहेको भवनमा आगलागी भएको छ । बिहान ३ः५६ बजे प्रहरीमा आगलागीबारे सूचना आएको र बिहान ६ः३० बजे नियन्त्रणमा आएको खैरेनी प्रहरी चौकीले जनाएको छ ।

    images
    images
    images

    भवनको दोस्रो तलामा रहेको वर्ल्डलिंकको कार्यालयमा आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको छ । सोही भवनको पहिलो तलामा साइन रेसुङ्गा बैंक र भुईँतलामा रहेको डिपार्टमेन्टल स्टोर भने सुरक्षित रहेका खैरेनी प्रहरी चौकीका इञ्चार्ज इन्स्पेक्टर भिमसेन विष्टले जानकारी दिए ।

    images
    images
    images

    आगजनीमा मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण संकलन भैरहेको उनको भनाई छ । 

    images
    images
    images

    विद्युत् ब्याट्री सर्ट भई आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

    वर्ल्ड लिंकको कार्यालय जले पनि इन्टरनेट सेवामा कुनै समस्या नआएको र महसुल भुक्तानीका लागि अस्थायी व्यवस्था मिलाइएको वर्ल्डलिंकका शाखा प्रबन्धक सन्तोष थापाले जानकारी दिएका छन् । घटनाबारे सेतोमसीसंग कुरा गर्दै उनले सबै सेवा नियमित रूपमा सञ्चालन हुने बताए ।

    देवदहको दमकल ग्यारेजमा, बुटवलको पन्चर भयो, नवलपरासीका दमकलले निभाए आगो 

    देवदह नगरपालिकाबाट तीन किलोमिटरको क्षेत्रमा आगलागी भएपनि नगरपालिकाको दमकलले भने सेवा दिन सकेन । तीन दिनदेखि दमकल ग्यारेजमा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले जानकारी दिए । नेपालमा समान नपाइने र कम्पनीबाटै मगाउनु परेकोले मर्मतको काममा ढिलाई भएको उनको भनाइ छ । 

    त्यसैगरी आगलागी नियन्त्रण गर्न बुटवलबाट आएको दमकल बाटोमै पन्चर हुँदा घटनास्थलसम्म आइपुग्न सकेन । भलुही आइपुगेको दमकल पन्चर भएपछी अगाडि बढ्न नसकेको प्रहरीले जनाएको छ । 

    घटनास्थलमा सुनवलको दमकल सबैभन्दा पहिले पुगेको र लगत्तै परासी र बर्दघाटको दमकलसमेत घटनास्थल पुगेपछि आगलागी नियन्त्रण भएको इन्स्पेक्टर बिष्टले बताए । 

    आगलागी नियन्त्रणको लागि भैरहवा विमानस्थलको दमकल पनि घटनास्थल आइपुगेपनि प्रयोग गर्नु नपरेको प्रहरीले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आगलागी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।