गोविन्द कंडेल, मुसिकोट गुल्मी । मुसिकोट नगरपालिका गुल्मीमा थप १६ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।
संकास्पद लक्षण देखिएका २१ जनाको आज वामीटक्सार स्वास्थ्य चौकीमा गरिएको एन्टिजेन परिक्षणमा नगरपालिकाको कार्यालयमा कार्यरत ४ जना कर्मचारी १ जना जनप्रतिनिधी वडा नं. ८ को शारदा माद्यमिक विधालयमा कार्यरत २ जना शिक्षक र ९ जना समुदाय स्तरका व्यक्तीहरु गरी १६ जनामा आज कोरोना सक्रंमण पुष्टी भएको हो ।
यो सँगै नगरपालिकामा सक्रिय संक्रमितको संख्या ३५ पुगेको मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।
उनिहरूमा ज्वरो रुघा खोकी लगायतका समस्या देखिए पछि स्वास्थ्य चौकीमा ऐन्टिजेन परिक्षण गरीएको वताइएको छ ।
रुघाखोकी र ज्वरो देखिए पनि उनिहरुको स्वास्थ्य अवस्था जटिल नरहेको र अहिले होम आईसोलेसनमा पठाईएको उहाँले बताउनुभयो ।
उनिहरूको सम्पर्कमा आएका परिवारका सदस्यहरुलाई सँकास्पद लक्षण देखिएमा कन्ट्याक ट्रेसिङ गरी ऐन्टिजेन परिक्षण गरिने नगरपालिकाले जनाएको छ ।
यसै विच नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारी / जनप्रतिनिधी सँगै समुदायमा व्यापक संक्रमण देखिए पछी अव के गर्ने भन्ने विषयमा नगरपालिकाले तयारी सुरु गरेको छ साथै यसै विचमा थप रणनिती तयार गर्न मुसिकोट नगरपालिका स्तरिय विपद व्यवस्थापन समितिको वैठक वोलाइएको मुसिकोट नगरपालिकाका सूचना अधिकारी प्रकाश घिमिरेले जानकारी दिनु भयो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology