Logo

२०८३, श्रावण २७गते


images
images

अमेरिकासँगको व्यापार सम्झौताविरुद्ध भारतका विपक्ष सांसदहरुको विरोध प्रदर्शन

अमेरिकासँगको व्यापार सम्झौताविरुद्ध भारतका विपक्ष सांसदहरुको विरोध प्रदर्शन

images
  • अमेरिकासँगको व्यापार सम्झौताविरुद्ध भारतका विपक्ष सांसदहरुको विरोध प्रदर्शन
    images
    images

    काठमाडौँ । भारत-अमेरिका व्यापार सम्झौताविरुद्ध भारतका विपक्षी दलका सांसदहरूले संसद परिसरमा प्रदर्शन गरेका छन् । उनीहरूले सम्झौताका विभिन्न प्रावधानप्रति असन्तुष्टि जनाउँदै सरकारसँग स्पष्टिकरण माग गरेका हुन् ।

    images
    images
    images

    विपक्षी दलले सम्झौताका शर्तहरूबारे गम्भीर प्रश्न उठाएका छन् । उनीहरुले अमेरिकाले कुनै कर बिना भारतमा समान पठाउन सक्ने तर भारतको तर्फबाट १८ प्रतिशत कर लागू हुने गरि सम्झौता गरेको भन्दै विरोध गरेका छन् । उनीहरुले ५०० अर्ब डलरको व्यापार लक्ष्य र रुसबाट तेल खरिदमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्धको विषयलाई पनि उठाएका छन् ।

    images
    images
    images

    उनीहरुले अमेरिकासँगको व्यापार सम्झौताबाट भारतलाई घाटा हुने दाबी गरेका छन् । हाल भारतलाई करिब ४५ अर्ब डलरको व्यापारिक लाभ रहेको मा नयाँ सम्झौतापछि पहिलो वर्षमै करिब १३ अर्ब डलर व्यापार घाटा हुने दाबि गरेका छन् । विपक्षी सांसदहरूले सरकारले राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने र संसदमा विस्तृत छलफल गर्नुपर्ने माग गरेका छन् ।

    images
    images
    images

    यस विषयमा सरकारको औपचारिक प्रतिक्रिया आउन बाँकी छ, तर संसदभित्र र बाहिर व्यापार सम्झौताबारे बहस चर्किने संकेत देखिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।