कृष्ण अन्जान, रुरु । बुढापाका हरु थाेर्गा गाउँमा पानीकाे दुख सम्झेर लामाे सास फेर्छन । तिनै बुढापाकाले थाेर्गेली जनतालाई आधुनिक धाराेकाे पानी खुवाउने याे क्षेत्रकै सामाजिक व्यक्तित्व गाेकर्ण राज शास्त्रीलाई सम्झिन्छन ।
बिक्रम सम्वत २०११ साल अघि थाेर्गा गाउँकाे पानी टँकी देखि च्यूरेक सम्म पानीकाे साह्रै दुख थियाे ।
गाउँका पँधेरा हरुमा बिहानै देखि गाग्री बाेकेर पानी लीन जाने पँधेर्नीकाे भिड हुन्थ्यो । बस्तुभाउका लागि त गाउँका बिचबिचमा वर्षाकाे पानी सँग्लने पाेखरी थिए तर मान्छेका लागि त पँधेरै सहारा थियाे ।
पानीकाे साहै दु:ख थियाे बाबै बिहानै पँधेराे साँझै पँधेराे रुरुक्षेत्र ३ गौतमटाेलका ज्ञानराज गौतमले भने ।
बिक्रम सम्बत २०११ सालमा यसक्षेत्रका माननिय समेत रहेका गाेकर्ण राज शास्त्रीकाे पहलमा खानेपानी आएपछि थाेर्गेली जनतामा खुशिकाे वहार आयाे । पानी आएपछि थाेर्गेलीहरुका लागि ठुलाे उत्सव बन्याे । बलेटक्सार देखि तलकाे मुलकाे पानीलाई करिब पाँच किलोमिटर वर पानीटँकीमा ल्याईयाे र थाेर्गा गाउँकाे कमेरडाँडा देखि कालथापे सम्म करिब डेढ दर्जन धारा जडान भए ।धारामा पालाे लगाएर पानी भर्न थालियाे याे एउटा विकासकाे थाेर्गामा पहिलाे पाईलाे थियाे र यसकाे श्रेय गाेकर्ण राज शास्त्रीलाई छ ।
लामाे समय थाेर्गेली जनता हरुले यहि पानीकाे प्रयाेग गरे । पछि च्यूरेक क्षेत्रमा जनैढुँगा खानेपानी याेजना फिनिडाले सन्चालन गरेपछि उपल्लाे पानी थानपती र च्यूरेककाे बाेर्डर स्यालपाेखरी सम्म आयाे ।
समय बग्दै जाँदा पानीलिन गाउँका धारा सम्म पुग्न पनि अप्ठेराे हुनथाल्याे र एकघर एकधाराकाे अबधारणा आयाे र याे क्षेत्रका युवा खगेश्वर गौतमकाे पहलमा रकम निकाशा मात्र भएन काम पनि थालियाे ।
याे बजेटले काम शुरुहुँदै गर्दा याे क्षेत्रका अभिभावक समेत रहेका माननीय कमल राज श्रेष्ठको विशेष सहयाेगमा याे आयाेजना द्रुत गतिमा अगाडी मात्र बढेन सम्पन्न समेत भएर यतिबेला थाेर्गेली जनताको घरघरमा धारा खसेका छन ।
जाैखाेलाकाे शिर जनैढुँगाबाट मरुँग सम्म डवल लिफ्टिँगबाट मरुँगमा एकलाख लिटर , काेटमा २ लाख लिटर र माझगाउँमा एकलाख लिटरका टँकी निर्माण गरि थाेर्गा खानेपानी आयाेजनाले थाेर्गा गाउँमा चारसय घरमा एकघर एकधाराकाे माध्यमबाट दुईलाख लिटर पानी बितरण गरेकाे खानेपानीका प्राविधिक कर्मचारी मधु घिमिरेले बताए ।
लुम्बिनी प्रदेश विशेषाधिकार समितिका सभापति समेत रहेका प्रदेश साँसद कमल राज श्रेष्ठको पहलमा करिब चालिस लाखकाे लागतमा रुरुक्षेत्र ३ काे चाउकेमा फिल्टरिँग सिस्टम जडान गरि स्वच्छ खानेपानी बितरण भईरहेकाे छ ।
अत्याधुनिक माेबाईल प्रणाली बाट सन्चालन हुँदै आएकाे याे आयाेजनामा तीन जना कर्मचारी कार्यरत छन ।
हरेक घरबाट मासिक तीन सयका दरले पानीकाे शुल्क सँकलन गरिएपनि महँगाे प्रणाली भएकै कारण विधुत र अन्य सन्चालन लागत धान्न गाह्राे देखिएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology