देवदह । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकी सहयोग नियोग एमसीसीको विरोधमा देवदहमा प्रदर्शन गरेको छ । राष्ट्रियता नै खतरामा पार्ने गरि ल्याईएको एमसीसीलाई खारेज गर्न माग गर्दै राप्रपा देवदहले मसाल जुलुस सहित विरोध प्रदर्शन गरेको हो ।
देवदहको शितलनगरदेखि मुख्यचोक खैरेनीसम्म राँके जुलुस गर्दै राप्रपाले एमसीसी देशको हितमा नरहेको प्रष्ट भैसकेकोले फिर्ता गर्नुपर्ने बताएका हुन् ।
जुलुसपछिको कोणसभामा बोल्दै राप्रपाका युवा नेता तोयनाथ लम्सालले जनताले एमसीसी अस्विकार गरिसकेको हुनाले जनमतको सम्मान गर्दै एमसीसी खारेज गर्नुपर्ने बताए । प्रजातान्त्रिक विधिमा जनमतको कदर गर्नुपर्ने भएकोले जवर्जस्ती एमसीसी पास नगर्न नेताहरूलाई आह्वान गरे ।
कार्यक्रममा पार्टीका नगर अध्यक्ष माधव रिमाल लगायतले बोलेका थिए । जुलुसमा स्थानीय राप्रपाका नेता तथा युवा, विद्यार्थीहरूको उल्लेख्य सहभागीता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology