Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधिसभा निर्वाचन

ओलीले तिब्र बनाए भेटघाट : आक्रामक रणनीति बनाउदै बालेन

ओलीले तिब्र बनाए भेटघाट : आक्रामक रणनीति बनाउदै बालेन

images
  • ओलीले तिब्र बनाए भेटघाट : आक्रामक रणनीति बनाउदै बालेन
    images
    images

    दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा-५ मा भेटघाट तीव्र बनाएका छन् । दमक पुगेका उनले एमालेका तल्लो स्तरका कार्यकर्तासँग छलफल शुरु गरेका हुन् ।

    images
    images
    images

    मंगलबार मनोनयन दर्ता गरेपछि ओलीले बुधबार बिहानदेखि विभिन्न वडाका नेता कार्यकर्तासँग छलफल थालेका हुन् । उनले युवाहरुसँग छलफल गर्दै आफ्नो क्षेत्रमा जारी विकास निर्माणका कामको प्रगति र आगामी योजनाका बारेमा छलफल गरिरहेका छन् ।

    images
    images
    images

    ओलीविरुद्ध बालेन शाहले रास्वपाबाट उम्मेदवारी दिएपछि झापा यस चुनावको इपिसेन्टर बनेको छ । अर्कोतर्फ बालेनले पनि विभिन्न समुह र व्यक्तिहरुसँग भेटघाट तिब्र बनाएका छन् । दमकमा बालेनको पक्षमा खुल्नेहरुको संख्या पनि बढिरहेको छ  । यसअघि राप्रपा दमकका सभापतिले राजीनामा दिएर बालेनको समर्थन गरेका थिए भने बुधबार बिहान एमाले निकट युवा संघका दमक अध्यक्षले पनि पार्टी छोडेर बालेनको समर्थन गरेका छन् ।

    images
    images
    images

    मनोनयन दर्तासँगै ओली र बालेनले आगामी दिनमा थप आक्रामक रुपमा चुनावी प्रचार गर्ने संकेत गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन
  • # ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।