Logo

२०८३, श्रावण २७गते


images
images

क्रिकेट

न्यूजील्याण्डविरुद्धको एकदिवसीय सिरिज : भारतको विजयी शुरुवात

न्यूजील्याण्डविरुद्धको एकदिवसीय सिरिज : भारतको विजयी शुरुवात

images
  • न्यूजील्याण्डविरुद्धको एकदिवसीय सिरिज : भारतको विजयी शुरुवात
    images
    images

    काठमाडौँ । भारतले न्यूजील्याण्डविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न सिरिजको पहिलो खेलमा भारतले न्यूजील्याण्डलाई ४ विकेटले पराजित गरेर सिरिजमा विजयी शुरुवात गरेको हो । न्यूजील्याण्डले दिएको ३०१ रनको लक्ष्य पछाएको भारतले ४९ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

    images
    images
    images

    भारतको लागि विराट कोहलीले सर्बाधिक ९३ रन बनाए भने कप्तान शुभमन गिलले ५६, श्रेयस अय्यरले ४९ तथा केएल राहुल र वाशिंटन सुन्दरले २९-२९ रन बनाए । त्यस्तै  न्यूजील्याण्डकाया बलर कील जामिएसनले ४ विकेट लिएका थिए ।

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर ३०० रन बनाएको थियो । न्यूजील्याण्डको लागि डार्यल मिचेलले सर्बाधिक ८४ रन बनाएका थिए भने हेनरी निकोल्सले ६२ रन बनाएका थिए ।

    यो जितपछि भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब सिरिजको दोस्रो खेल जनवरी १४ मा हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।