Logo

२०८३, श्रावण २७गते


images
images

क्रिकेट

इंग्ल्यान्डद्वारा भारत २७ रनले पराजित, एकदिवसीय सिरिज २-१ ले कब्जा

इंग्ल्यान्डद्वारा भारत २७ रनले पराजित, एकदिवसीय सिरिज २-१ ले कब्जा

images
  • इंग्ल्यान्डद्वारा भारत २७ रनले पराजित, एकदिवसीय सिरिज २-१ ले कब्जा
    images
    images

    काठमाडौँ । इंग्ल्यान्डले तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारतलाई २७ रनले पराजित गर्दै तीन खेलको सिरिज २-१ ले आफ्नो पक्षमा पारेको छ ।

    images
    images
    images

    लर्ड्समा भएको खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा तीन विकेट गुमाएर ३८७ रनको विशाल योगफल बनाएको थियो । ३८८ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३६० रन मात्र बनाउन सक्यो ।

    images
    images
    images

    इंग्ल्यान्डको जितमा ज्याकब बेथेल नायक बने । उनले ९१ रन बनाउनुका साथै एक विकेट पनि लिए। उत्कृष्ट प्रदर्शनका लागि उनी खेलको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

    images
    images
    images

    भारतका लागि रोहित शर्माले १११ बलमा १७ चौका र पाँच छक्काको सहयोगमा १३८ रनको उत्कृष्ट शतकीय इनिङ खेले । कप्तान शुभमन गिलले ७७ तथा विराट कोहलीले ७४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

    ३८८ रनको लक्ष्य पछ्याउने क्रममा रोहित शर्मा र शुभमन गिलले पहिलो विकेटका लागि १४७ रनको साझेदारी गरेका थिए । त्यसपछि रोहित र विराट कोहलीले दोस्रो विकेटका लागि ११३ रन जोडे । तर अन्तिम चरणमा भारतले लगातार विकेट गुमाएपछि लक्ष्य भेट्टाउन सकेन ।

    यसअघि ब्याटिङतर्फ बेन डकेटले १३५ बलमा १४१ रनको शानदार इनिङ खेले भने ज्याकब बेथेलले ९१ रन बनाए। दुवैले पहिलो विकेटका लागि १९२ रनको साझेदारी गरेका थिए। त्यसपछि जो रुट ७४ तथा जोस बटलर ४१ रनमा अविजित रहँदै अन्तिम १९ बलमा ६३ रन थपे र टोलीको योगफल ३८७ रन पुर्‍याए। यो भारतविरुद्ध इंग्ल्यान्डले बनाएको अहिलेसम्मकै उच्च एकदिवसीय स्कोर हो ।

    यसअघि भारतले पहिलो एकदिवसीय खेलमा ६ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा इंग्ल्यान्ड चार विकेटले विजयी भएको थियो । त्यस्तै, यस भ्रमणअघि भएको टी-२० सिरिजमा पनि इंग्ल्यान्डले भारतलाई ४-० ले पराजित गरेको थियो। आयरल्यान्डले समेत यसअघि टी- २० सिरिजमा भारतलाई २-० ले हराएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।