Logo

२०८३, श्रावण २७गते


images
images

साम्बा गम्भीर घाइते : करिब एक बर्ष मैदान बाहिर रहने

साम्बा गम्भीर घाइते : करिब एक बर्ष मैदान बाहिर रहने

images
  • साम्बा गम्भीर घाइते : करिब एक बर्ष मैदान बाहिर रहने
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ९ देखि १२ महिनासम्म मैदानबाट बाहिर हुने भएकी छन् । 

    images
    images
    images

    न्यूजील्याण्डको क्लब वेलिङटन फोनिक्सबाट अस्ट्रेलियामा निन्जा ए लिग खेलिरहेकी साम्बाको घुँडाको गम्भीर चोट लागेपछि उनी यो सिजन खेल्न नसक्ने भएकी हुन् । क्लबले साम्बाको इन्जुरी बारे जानकारी दिदै उनी ९ देखि १२ महिनासम्म मैदान बाहिर हुने जानकारी दिएको छ ।

    images
    images
    images

    वेलिङटन फोनिक्सले एमआरआई स्क्यानपछि साम्बाको दाहिने घुँडामा 'एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) ग्राफ्ट' फुटेको देखाएको छ र उनी नौ देखि १२ महिनासम्म मैदान बाहिर रहने बताएको हो । साम्बालाई ब्रिस्बेन रोअरविरुद्धको राउन्ड ११ को खेलको दोस्रो हाफमा चोट लागेको थियो । रोअरकी गोलकिपर क्लो लिंकनसँग साम्बा ठोक्किएकी थिइन् ।

    images
    images
    images

    वेलिङटन फोनिक्स साम्बालाई धेरै धेरै धन्यवाद, शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।