Logo

२०८३, आश्विन ९गते


images
images

बलिवुड

बलिवुडको इतिहासमा सबैभन्दा बढी कमाई गर्ने फिल्म बन्यो धुरन्धर

बलिवुडको इतिहासमा सबैभन्दा बढी कमाई गर्ने फिल्म बन्यो धुरन्धर

images
  • बलिवुडको इतिहासमा सबैभन्दा बढी कमाई गर्ने फिल्म बन्यो धुरन्धर
    images
    images

    काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहको फिल्म धुरन्धर बलिवुडको इतिहासमा सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेर नयाँ इतिहास बनाएको छ ।

    images
    images
    images

    फिल्म रिलिजको पाँचौं सातामा कुल ८३१.४० करोड कमाई गरेर बलिवुड इतिहासमा एक भाषामा सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको हो । धुरन्धरले यसअघि पुष्पा-२ को ८३०.१० करोडको किर्तिमानलाई तोडेर शिर्ष स्थानमा उक्लिएको हो ।

    images
    images
    images

    यस सूचीमा शाहरुख खानको जवान ६४३.८७ करोडसहित तेस्रो, स्त्री-२ ६२७.०२ करोडसहित चौथो र छावा ६००.१० करोडसहित पाँचौं स्थानमा रहेको छ ।

    images
    images
    images

    बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको पाँचौं साताको पाँच दिनमा ४६.९ करोड कमाई गरेको छ । यसअघि चौथो सातामा मात्र ११५.७० करोड कमाई गरेको थियो भने पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको थियो । त्यस्तै दोस्रो सातामा २६१.५० करोड कमाई गरेको थियो भने तेस्रो सातामा फिल्मले १८९.३० करोड कमाई गरेको थियो । 

    फिल्म धुरन्धर डिसेम्बर ५ मा रिलिज भएको थियो । यो फिल्म २०२५ को सबैभन्दा ठूलो फिल्म साबित भएपछि, धुरन्धरको दोस्रो भाग मार्चमा रिलिज हुने तय भएको छ । फिल्मको दोस्रो भाग १९ मार्च २०२६ मा रिलिज हुने घोषणा गरिएको छ । यसको बक्स अफिसमा यश र कियारा आडवाणी अभिनित फिल्म टक्सिकसँग भिडन्त हुने भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बलिवुड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।