Logo

२०८३, आश्विन ९गते


images
images

बलिवुड

बलिवुडमा दंगलपछि विश्वभर धेरै कमाउने फिल्म बन्यो धुरन्धर- २

बलिवुडमा दंगलपछि विश्वभर धेरै कमाउने फिल्म बन्यो धुरन्धर- २

images
  • बलिवुडमा दंगलपछि विश्वभर धेरै कमाउने फिल्म बन्यो धुरन्धर- २
    images
    images

    काठमाडौँ ।  बलिवुड फिल्म धुरन्धर- २ विश्वभर दोस्रो सबैभन्दा धेरै कमाइ गर्ने भारतीय चलचित्र बनेको छ । चलचित्रले हालसम्म विश्वभर १७८८.३२ करोड भारु आम्दानी गरेको छ।

    images
    images
    images

    यससँगै धुरन्धर २ ले बाहुबली २ लाई पछि पारेको छ, जसले १७८८.०६ करोड कमाएको थियो । अहिले यो चलचित्र दंगल पछि दोस्रो स्थानमा पुगेको छ, दंगलको कुल कमाइ २ हजार ७० करोड रहेको छ।

    images
    images
    images

    फिल्म व्यापारसम्बन्धी वेबसाइट सैकनिल्कका अनुसार रिलिजको ४५औँ दिनसम्म  धुरन्धर २ ले भारतमा कुल नेट कमाइ ११३८.५४ करोड पुगेको छ । विदेशी बजारमा पनि चलचित्रले राम्रो कमाइ गरेको  छ। 

    images
    images
    images

    यसअघि ‘धुरन्धर’को पहिलो भागले पनि भारत तथा अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट प्रदर्शन गरेको थियो । उक्त चलचित्रले विश्वभर करिब १३०७ करोड भारु कमाएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बलिवुड
  • # धुरन्धर- २
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।