Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

बुद्ध एयर दुर्घटना : प्राधिकरणका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली भद्रपुर पुग्यो

बुद्ध एयर दुर्घटना : प्राधिकरणका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली भद्रपुर पुग्यो

images
  • बुद्ध एयर दुर्घटना : प्राधिकरणका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली भद्रपुर पुग्यो
    images
    images

    काठमाडौँ । झापाको भद्रपुर विमानस्थलमा शुक्रबार राति रनवेबाट चिप्लिएको बुद्ध एयरको विमान बारे अध्ययन गर्न नागरिक उड्डययन प्राधिकरणका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली भद्रपुर विमानस्थलमा पुगेको छ । 

    images
    images
    images

    प्राधिकरणका महानिर्देशक देव चन्द्र लाल कर्णको नेतृत्वमा प्राधिकरण, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधिहरूसहित बुद्ध एयरको प्राविधिक टोली आवश्यक उपकरणहरू लिएर शनिबार बिहान भद्रपुर विमानस्थलमा अवतरण गरेको हो ।

    images
    images
    images

    यसैबीच बुद्ध एयरले शुक्रबार काठमाडौंबाट भद्रपुरका लागि उडेको जहाज रनवे बाहिर गएको घटनाप्रति गम्भीर रहेको बताउदै दुर्घटनापछि उद्धार कार्यमा तदारुकताका साथ खटिनुहुने नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नागरिक उड्डयन प्राधिकरण तथा बुध्द एयरका कर्मचारीहरूप्रति आभार व्यक्त गरेको छ ।

    images
    images
    images

    जहाजमा सवार ५१ यात्रुमध्ये सामान्य घाइते भएका यात्रुहरू प्राथमिक उपचारपछि सकुशल घर फर्किएको बुद्ध एयरले जनाएको छ । विमानमा चालक दलका चार सदस्य पनि थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुद्ध एयर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।