Logo

२०८३, आश्विन ९गते


images
images

भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या, पुनः काठमाडौं फर्काइयो

भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या, पुनः काठमाडौं फर्काइयो

images
  • भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या, पुनः काठमाडौं फर्काइयो
    images
    images

    काठमाडौं ।  झापाको भद्रपुर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएको छ । काठमाडौँबाट भद्रपुर उडान भरेको उडान नं ९५३ को कलसाइन ९एन-एजेएस को जहाजमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौँतर्फ फर्काइएको छ ।

    images
    images
    images

    बुद्ध एयरका अनुसार जहाजको दायाँ इन्जिनमा समस्या देखिएको थियो । जहाज आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेको हो ।

    images
    images
    images

    काठमाडौंबाट १०:३८ मा उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो । डाईभर्ट गरिएको जहाजलाई ११ः१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराईएको छ ।

    images
    images
    images

    जहाजलाई टेक्निकल टिमले चेकजाँच गरिरहेको र यात्रुहरुलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ । विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएपछि केही बेर अन्य उडान रोक्नु परेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुद्ध एयर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।