Logo

२०८३, आश्विन ९गते


images
images

अनलाईनबाट 'आइफोन १३ प्रो म्याक्स' अर्डर गर्दा 'साबुन' डेलिभरी

अनलाईनबाट 'आइफोन १३ प्रो म्याक्स' अर्डर गर्दा 'साबुन' डेलिभरी

images
  • अनलाईनबाट 'आइफोन १३ प्रो म्याक्स' अर्डर गर्दा 'साबुन' डेलिभरी
    images
    images

    बेलायत । युकेमा एक महिलाले करिब अढाइ लाख रुपैयाँमा आइफोन १३ प्रो म्याक्स अनलाईनबाट किनेकी थिइन्, तर उनलाई पठइदिएको प्याकेटमा भने एउटा साबुन थियो।

    images
    images
    images

    रिपोर्टका अनुसार खाउला लाफैली नामकी एक महिलाले अनलाइन सपिङ साइटबाट आइफोन १३ प्रो म्याक्स बुक गरेकी थिइन्। दुई दिनपछि कुरियर गर्ने केटाले उसलाई प्याकेट ल्याइदिए। खोलेर हेर्दा उनी छक्क परिन्। वास्तवमा त्यो प्याकेटमा आइफोनको सट्टा साबुन राखिएको थियो, जसको मूल्य निकै कम थियो।

    images
    images
    images

    रिपोर्टका अनुसार सामान ढुवानी गर्दा डेलिभरी ब्वाइले यस्तो ठगी गर्ने गरेका छन्।  

    images
    images
    images

    फोन बुक गर्दा भोलिपल्ट डेलिभरी गर्ने उल्लेख गरेको भए पनि सामान २ दिनपछि मात्र आएको पीडित महिला बताउँछिन्। डेलिभरी ब्वाइले निर्धारित दिनमा फोन गरेर आफू जाममा फसेकोले आज डेलिभर गर्न नसक्ने बताएका थिए। यति मात्र होइन, डेलिभरी ब्वाइले दोस्रो पटक पनि यो प्याकेट सिधै दिएनन्। उनले घरको ढोकाको तस्बिरमा क्लिक गरेर घरमा कोही नभएको रिपोर्ट पठाएका थिए। त्यो बेलामा उनी घरमै थिइन्।

    धेरै संघर्षपछि जब महिलाले प्याकेट पाइन् तर गलत। महिलाले सपिङ वेबसाइटविरुद्ध उजुरी दिएकी छिन्। सोही क्रममा कुरियर कम्पनीले अनुसन्धान भइरहेको जनाएको छ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।