Logo

२०८३, श्रावण २७गते


images
images

बक्सिङ डे टेस्ट

बक्सिङ डे टेस्टको पहिलो दिन अस्ट्रेलिया र इङल्याण्ड दुवै अलआउट

बक्सिङ डे टेस्टको पहिलो दिन अस्ट्रेलिया र इङल्याण्ड दुवै अलआउट

images
  • बक्सिङ डे टेस्टको पहिलो दिन अस्ट्रेलिया र इङल्याण्ड दुवै अलआउट
    images
    images

    काठमाडौँ । एसेज सिरिज अन्तर्गतको बक्सिङ डे टेस्टको पहिलो दिन दुवै टिम अलआउट भएका छन् ।

    images
    images
    images

    टेस्टको पहिलो दिन अस्ट्रेलिया १५२ रनमा अलआउट भएपछि इङल्याण्ड पनि पहिलो इनिंगमा ११० रनमा अल आउट भएको हो ।

    images
    images
    images

    टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ४५.२ ओभर खेलेर १५२ रन बनाएको थियो । अस्ट्रेलियाका लागि माइकल नेसेरले सर्बाधिक ३५ रन बनाएका थिए भने उसमान ख्वाजाले २९ रन, एलेक्स केरीले २०, क्यामरुन ग्रीनले १७ रन बनाएका थिए । त्यस्तै इङल्याण्डका बलर जोश टंगले ५ विकेट लिएका थिए भने गस अटकिनसनले २ तथा ब्राइडन कार्स र बेन स्टोक्सले एक एक विकेट लिएका थिए ।

    images
    images
    images

    त्यसपछि आफ्नो पहिलो इनिंगको ब्याटिंग शुरु गरेको इङल्याण्डले २९.५ ओभर मात्र खेलेर ११० रन बनाएको हो । इङल्याण्डका लागि ह्यारी ब्रूकले सर्बाधिक ४१ रन बनाए भने गस अटकिनसनले २८ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका बलर माइकल नेसेरले ४, स्कट बोल्याण्डले ३. मिचेल स्टार्कले २ र क्यामरुन ग्रीनले एक विकेट लिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।