काठमाडौँ । दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ६७ रनले पराजित गर्दै तीन खेलको सिरिजमामा १–० को अग्रता लिएको छ।
डरबानस्थित किङ्समिडमा दक्षिण अफ्रिकाले दिएको २९८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४१.२ ओभरमा २३० रनमा अलआउट भयो ।
अस्ट्रेलियाका कप्तान मिचेल मार्सले ३६ बलमा ६० रन बनाए । म्याट रेन्सअले ४९ बलमा ४४ रन बनाए । तर अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसकेपछि अस्ट्रेलिया लक्ष्यसम्म पुग्न सकेन।
दक्षिण अफ्रिकाका केशव महाराजले ९.२ ओभरमा २० रन खर्चेर ४ विकेट लिएका थिए भने ब्योर्न फोर्टुइनले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले बलिङ रोजेको अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९७ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका म्याथ्यु ब्रेट्ज्कीले १०६ बलमा ११२ रनको शतकीय पारी खेले भने उनले १४ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै, मार्को यान्सेनले ५९ बलमा ७५ रन बनाए ।
अस्ट्रेलियाका नाथन एलिसले ३ विकेट लिए भने एडम जाम्पाले २ विकेट लिए । शानदार शतकीय पारी खेलेका ब्रेट्ज्की खेलका उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
यससँगै दक्षिण अफ्रिकाले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । अब दोस्रो एकदिवसीय खेल सेप्टेम्बर २७ मा जोहानेसबर्गमा हुने तालिका रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology