Logo

२०८३, श्रावण २७गते


images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बुद्धजयन्तीबाट नियमति उडान गर्ने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बुद्धजयन्तीबाट नियमति उडान गर्ने

images
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बुद्धजयन्तीबाट नियमति उडान गर्ने
    images
    images

    काठमाडौ । निर्माण सुरु भएको ७ वर्षमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग पूरा भएको छ। 

    images
    images
    images

    विमानस्थलमा पूर्वाधार निर्माण तथा उपकरण जडान सकिएको र केही प्राविधिक काम भइरहेको नेपाल नागरिक उड्यन प्राविधकरणले जनाएको नेपाल खबर अनलाइनले लेखेको छ। 

    images
    images
    images

    आउँदो बुद्धजयन्तीको दिन विमानस्थल उद्घाटन गर्ने तयारी प्राधिकरणले गरेको छ। त्यसअघि नै परीक्षण उडान भइसक्ने नागरिक उड्यन प्राधिकरणका प्रवक्ता देउचन्द्रलाल कर्णले जानकारी दिनुभयो।‘बुद्ध जयन्तीका दिन अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने लक्ष्य राखिएको छ,’ कर्णले भन्नुभयो, ‘सोही बमोजिम अहिले द्रुत गतिमा काम भइरहेको छ। क्यालिव्रकेसन फ्लाइटको चरणमा पुगिसकेका छैनौं। त्यस अघि केही उपकरणहरुको परीक्षण जारी छ।’

    images
    images
    images

    विमानस्थल निर्माण आयोजना अन्तर्गत आइसिबी टु को ठेक्का थाइल्याण्डको एरो थाइ कम्पनीले लिएको छ। आइसिबी टु अन्तर्गत मौसम, सञ्चार, विमानको दिशा पत्ता लगाउने संयन्त्रको निर्माण पर्छ। 

    एरोथाइले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड चेकजाँच र परीक्षण उडानको काम गर्दैछ। परीक्षण उडानको तयारीस्वरुप थाइल्याण्डबाट ४ जना प्राविधिकको टोली भैरहवा आइपुगेको छ।

    अहिले ग्राउण्ड टेष्टको काम सुरु भएको छ। फागुनमा परीक्षण उडानको लागि जहाज आउने विमानस्थल निर्माण आयोजना आइसिबी टु का प्रमुख तथा राष्टिय गौरब आयोजनाका उपनिर्देशक प्रविन न्यौपानेले बताउनुभयो। 

     ‘प्राविधीक जडानका कामहरु सकियो। त्यसको ग्राउण्ड टेष्टको काम सुरु भएको छ। फेबुअरीको तेस्रो हप्तातिर जहाज आउने कुरा छ,’ उहाँले भन्नुभयो, ‘प्राविधिकहरुलाई तालिम र जडान भएका उपकरण तथा प्रणालीको परीक्षण कार्य भइरहेको छ।’


    जडान भएका उपकरणहरुले राम्रोसँग काम गरेको छ कि छैन भनेर ग्राउण्ड टेष्ट गरिएको न्यौपनाले बताउनुभयो। ‘ग्राउण्डमा सबै कुरा ठीक भइसकेपछि जहाजको परीक्षण उडान गर्ने हो,’ उहाँले भन्नुभयो, ‘उडानका क्रममा पाइलटले बोलेको कुरा एयर ट्राफिक कन्ट्रोलरले सुन्न पर्यो। कम्युनिकेसन ब्रेक छ कि छैन भनेर चेक गर्नुपर्यो। त्यसको परीक्षण हुनेछ।’ 

    परीक्षण उडान सकिएको दुईसाता रिर्पोट आउन सयम लाग्छ। अन्तिम रिपोर्ट आएपछि अन्तर्राष्ट्रिय नागरिक उड्यन प्राधिकरण आइकाओको नियम अनुसार उडानको लागि तयार छौं भनेर एरोनोटिकल इन्फरमेसन प्लान एआइपीमा प्रकाशित गर्नुपर्छ।


     ‘त्यसमा विश्वव्यापी रुपमा थाहा हुनेगरि हाम्रो विमानस्थलको अवस्था के छ, कत्रा जहाज आउन सक्छन्, कुन रुटमा जान सकिन्छ भन्ने हुन्छ,’ न्यौपानेले भन्नुभयो। एआइपीमा प्रकाशित गरेका ५६ दिनपछि मात्र व्यवसायीक उडान गर्न सकिन्छ। 

    जेठ २ गते बुद्ध जयन्तीका दिनबाट नियमति उडान गर्नेगरी काम भइरहेका न्यौपानेले बताउनुभयो। ‘फागुनको अन्तिमसम्म परीक्षण उडान गरियो भने चैत्र र बैशाख २ महिनामा अरु प्रक्रिया सकिन्छ,’ उहाँले भन्नुभयो, ‘जेठ २ गते व्यवसायीक उडान सुरु गर्न सक्यौं भने त्यो हाम्रो लागि ठूलो उपलब्धी हुन्छ। बुद्ध जयन्तीको दिन विश्वव्यापी रुपमा सन्देश पनि राम्रो जान्छ।’ 

    परीक्षण उडानको तयारीको लागि अहिले भैरहवामा थाइल्याण्डकोसहित अष्ट्रियन प्राविधक टोलीले पनि काम गरिरहेका छन्। परीक्षण उडानअघि थप अष्ट्रियन र अमेरिकाका प्राविधिक टोली पनि आउने न्यौपानेले बताउनुभयो। उडान तयारीको लागि प्राविधिकहरुको तालिम पनि चलिहरेको छ। १२ जना इन्जिनियरहरु तालिममा सहभागी छन्। 

    २०७१ साल माघमा तत्कालिन प्रधानमन्त्री शुसिल कोइरालाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। ३ वर्षमा सम्पन्न हुने भनिए पनि पटक पटक म्याद थप भएर सात वर्ष लागेको हो। भैरहवामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थले लुम्बिनीमा ठूलो संख्यामा पर्यटक तान्ने अपेक्षा गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।