Logo

२०८३, श्रावण २७गते


images
images

अन्तर्राष्ट्रिय उडान

गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः सुरु, लुम्बिनी आउने पर्यटकको संख्यामा बृद्धि हुने अपेक्षा

गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः सुरु, लुम्बिनी आउने पर्यटकको संख्यामा बृद्धि हुने अपेक्षा

images
  • गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः सुरु, लुम्बिनी आउने पर्यटकको संख्यामा बृद्धि हुने अपेक्षा
    images
    images

    लुम्बिनी । पाँच महिनापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। थाई एयर एसियाको एयरबस ३२० जहाज आज दिउँसो १२:४८ बजे १७ यात्रु लिएर भैरहवामा अवतरण गरेको हो ।

    images
    images
    images

    मध्याह्न १२:१५ बजे अवतरण हुने भनिए पनि केही ढिलाइसँगै विमान सुरक्षित रूपमा अवतरण भएको विमानस्थलले जनाएको छ। यससँगै गत अप्रिलदेखि रोकिएको अन्तर्राष्ट्रिय उडान फेरि सक्रिय हुने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयर एसियाको उडान हप्तामा दुई दिन आइतबार र बुधबार हुने तालिका रहेको छ । उनले भने, “आजको उडानपछि नियमित सेवा पुनः सुरु भएको छ, यसले विमानस्थलको व्यस्तता पुनः बढाउनेछ ।”

    images
    images
    images

    थाई एयर एसियाको जहाजले आजै साँझ १६२ यात्रु लिएर थाईल्याण्ड फिर्ता उडान गर्नेछ । गत अप्रिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत भइरहेका बेला भैरहवामा दैनिक चारवटा अन्तर्राष्ट्रिय उडान सञ्चालन भएका थिए ।

    त्यस अवधिमा दुई सयभन्दा बढी उडानमार्फत ७ हजार यात्रु आवतजावत गरेको विमानस्थलले जनाएको छ । त्यसयता केही चार्टर उडानबाहेक नियमित सेवा स्थगित भएको थियो ।

    बौद्धमार्गीको बाहुल्यता रहेको थाइल्याण्डसंग सिधा हवाई सेवा सुचारु भएसंगै गौथमबुद्ध जन्मस्थल लुम्बिनी आउने थाई पर्यटकको संख्यामा बृद्धि हुने अपेक्षा राखिएको छ ।

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।