Logo

२०८३, श्रावण २७गते


images
images

एनपीएल

लुम्बिनी लायन्सले जित्यो दोस्रो सिजनको एनपीएलको उपाधि

लुम्बिनी लायन्सले जित्यो दोस्रो सिजनको एनपीएलको उपाधि

images
  • लुम्बिनी लायन्सले जित्यो दोस्रो सिजनको एनपीएलको उपाधि
    images
    images

    काठमाडौँ । लुम्बिनी लायन्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

    images
    images
    images

    सुदूरपश्चिम रोयल्सले दिएको ८६ रनको लक्ष्य पछाएको लुम्बिनी लायन्सले ९ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । लुम्बिनीका लागि दिनेश अधिकारीले ४२ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले १६, डार्सी शर्टले १४ र निरोशान डिकवेलाले ११ रन बनाएका थिए ।

    images
    images
    images

    त्यसैगरी सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट तथा दिपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले एक-एक विकेट लिएका थिए । 

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम रोयल्सले १९.१ ओभरमा अल आउट हुदै ८५ रन मात्र बनाएको थियो । सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्बाधिक ३३ रन बनाए भने कप्तान दिपेन्द्र सिंह ऐरीले १३, हरमित सिंह र स्कट कुगेलाइनले १०-१० रन बनाएका थिए ।

    त्यसैगरी लुम्बिनीका बलर कप्तान रोहित पौडेल, रुबेन ट्रम्पेलम्यान र शेर मल्लले ३-३ विकेट लिएका थिए भने तिलक भण्डारीले एक विकेट लिएका थिए । यस खेलमा कप्तान पौडेलले ह्याट्रिक लिएका थए ।

    गत सिजनमा पुछारमा रहेको लुम्बिनीले एनपीएलको पहिलो उपाधि जितेको छ । उपाधि जितेसँगै लुम्बिनीले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले ५१ लाख नगद पाएको छ । त्यसैगरी तेस्रो भएको विराटनगर किंग्सले २५ लाख र चौथो स्थान हासिल गरेको काठमाडौँ गोर्खाजले १५ लाख नगद प्राप्त गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।