Logo

२०८३, कार्तिक २गते


images
images

बारामा भारतीय स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

बारामा भारतीय स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

images
  • बारामा भारतीय स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई घाइते
    images
    images

    बारा । बाराको महागढीमाई नगरपालिका–१ हुलाकी राजमार्गस्थित प्लाई फ्याक्ट्री चोकमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

    images
    images
    images

    आइतबार बिहान बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर १९ जी ९९२१ को स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ८८५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    images
    images
    images

    दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–२१ का करिब १७ वर्षीय धिरज यादव तथा मोटरसाइकलमा सवार भोडहाका करिब १६ वर्षीय नगेश साह र १८ वर्षीय अरुण यादव घाइते भएका थिए ।

    images
    images
    images

    तीनै जनालाई उपचारका लागि एलएस न्युरो अस्पताल लगिएकोमा चालक धिरजको  मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटनामा संलग्न स्कारपियो र त्यसका चालक रौतहटको परोहा नगरपालिका–३ का करिब ३८ वर्षीय अरुणकुमार दुबेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।