देवदह । देवदह नगरपालिका–५ मा निर्माणाधीन दुर्गा मन्दिरका लागि देवदह सेवा समाजका तोयानाथ लम्सालले २० हजार र रमेश न्यौपानेले १५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
आइतबार देवदह नगरपालिकाका कार्यपालिका सदस्य ओमबहादुर परियारको रोहवरमा मन्दिर निर्माण समितिका अध्यक्ष विशाल गहतराजलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
मन्दिर निर्माणका लागि २०७६ सालमा देवदह नगरपालिका–५ नं. वडा कार्यालयले एक लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यस्तै, २०८२ सालमा देउसीभैलोबाट एक लाख रुपैयाँ संकलन गरिएको थियो ।
मन्दिर निर्माणका लागि तीन लाख ९९ हजार ३०१ रुपैयाँ लागत अनुमान गरिएको छ । निर्माण कार्य सुरु भए पनि पर्याप्त बजेट अभावका कारण काममा ढिलाइ भएको मन्दिर निर्माण समितिका अध्यक्ष गहतराजले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology