Logo

२०८३, आश्विन ९गते


images
images

बलिवुडको फिल्म ३ इडियट्सको सिक्वेल बन्ने

बलिवुडको फिल्म ३ इडियट्सको सिक्वेल बन्ने

images
  • बलिवुडको फिल्म ३ इडियट्सको सिक्वेल बन्ने
    images
    images

    काठमाडौँ । बलिवुडको चर्चित फिल्म '३ इडियट्सको सिक्वेल बन्ने भएको छ ।

    images
    images
    images

    रिपोर्टहरू अनुसार, राजकुमार हिरानी र विधु विनोद चोपडाको यो फिल्मको सिक्वेलको तयारी सुरु गरेका छन् र ३ इडियट्स- २ को छायांकन अर्को वर्ष सुरु हुने दाबि गरिएको छ । पिंकभिल्लाको रिपोर्ट अनुसार निर्माताहरूले पुरानै कलाकारहरूलाई लिएर सिक्वेल बनाउने योजना बनाएका छन् । ३ इडियट्स २००९ को डिसेम्बरमा रिलिज भएको थियो । 

    images
    images
    images

    ३ इडियटस-२ को कथा क्लाइमेक्स दृश्यमा पात्रहरू अलग भएको र नयाँ साहसिक कार्यको लागि पुनर्मिलन भएको लगभग १५ वर्ष पछि कथा हुने बताइएको छ ।  निर्देशक हिरानीले सिक्वेलको लागि बलियो पटकथा तयार गर्न धेरै समय समर्पित गरेका छन् ।

    images
    images
    images

    ३ इडियट्स बलिउडको सबैभन्दा प्रतिष्ठित र सर्वाधिक कमाई गर्ने फिल्महरू मध्ये एक हो । फिल्मको सिक्वेलको बारेमा अहिलेसम्म आधिकारिक घोषणा नभए पनि, यो फिल्म आउने समाचार बाहिरिएपछि यसको चर्चा चुलिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बलिवुड
  • # ३ इडियट्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।