प्रीन्स मिश्र, कपिलवस्तु । पत्रकारलाई कुटपिटको धम्की दिएका स्वास्थ्यकर्मीलाई कार्वाही गर्न नेपाल पत्रकार महासघंले माग गरेको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेलले पत्रकारलाई कुटपिट गर्ने भन्दै सामाजिक संजालमा लेखेपछी नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेश र कपिलवस्तु शाखाको ध्यानाकर्षण भएको हो ।
नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेशका सचिव जयसिहं केसी र नेपाल पत्रकार महासघं कपिलवस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्यले प्रमुख जिल्ला अधिकारी चक्रपाणी पान्डेलाई ध्यानाकर्षण पत्र बुझाएका छन ।
प्रजिअलाई ध्यानाकर्षण पत्र बुझाउदै पत्रकारलाई कुटपिटको धम्की दिएका स्वास्थ्यकर्मी पौडेललाई कार्वाही गर्न माग गरिएको नेपाल पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ पान्डेले यस विषयमा प्रक्रिया आगाडी बढाउने जानकारी दिएका छन् ।
कोरोना कहरको बेला कपिलवस्तु शिवराजका स्वास्थ्य चौकी प्रमुखहरु भ्रमण गर्न इलाम गएपछि स्वास्थ्यसेवा प्रभावित भएको छ ।
स्वास्थ्यकर्मी पौडेलले सामाजिक संजाल फेसबुकमा ब्यक्तिगत र संस्थागत राजनीतिक रुपमा चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गर्ने पत्रुकार वा सहयोगी स्थानीय वा बह्य सबैलाई रामधुलाई गर्ने धम्की दिएका थिए । उनले सामाजिक संजालमा झोले, फिपार्ते, धुपौरेहरु समयमै सचेत हौ भनेर लेखेका छन ।
शिवपुर स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेल, विसनपुर स्वास्थ्य चौकी प्रमुख प्रकाश पोख्रेल, चनई स्वास्थ्य चौकी हनुमान प्रसाद कोहार , खरेन्द्रपुर स्वास्थ चौकी जित बहादुर विसि, थुन्हियाका प्रमुख राजेश कुवार, जवाभारीका बिष्णु बहादुर क्षेत्री, शिवगढिका प्रमुख बिरेन्द्र कुमार मिश्र लगायत कार्यालय छोडेर भ्रमणमा गएका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology