Logo

२०८३, आश्विन ९गते


images
images

नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार, लुम्बिनीको जनसंख्या वृद्धिदर सबैभन्दा बढी

नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार, लुम्बिनीको जनसंख्या वृद्धिदर सबैभन्दा बढी

images
  • नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार, लुम्बिनीको जनसंख्या वृद्धिदर सबैभन्दा बढी
    images
    images

    बुटवल । नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

    images
    images
    images


    सार्वजनिक विवरणानुसार महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार १६९ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

    images
    images
    images


    जनसंख्याको वार्षिक वृद्धिदर ०.९३ रहेको विभागले जनाएको छ । जनगणनाबाट सबैभन्दा बढी परिवार मधेश प्रदेशमा पाइएको छ भने सबैभन्दा कम परिवार गण्डकी प्रदेशमा छन् । 

    images
    images
    images


    यस्तै, यो १० वर्षमा प्रतिपरिवार जनसंख्यामा पनि गिरावट आएको छ । २०६८ सालमा नेपालमा एउटा परिवारमा ५ जना बस्थे । अहिले प्रतिपरिवार ४.३२ जना बस्न थालेका छन् ।

    नेपालमा पहिलोपटक वि.सं. १९६८ मा जनगणना भएको थियो । वि.सं. १९७७ र १९८७ मा जनसंख्या वृद्धिदर नेगेटिभ भएकोमा त्यसपछि वार्षिक जनसंख्या वृद्धिदर २०७८ को जनगणनामा कम पाइएको विभागले जनाएको छ ।

     

    जनसंख्या वृद्धिदर सबैभन्दा बढी लुम्बिनीमा

    जनसंख्याको वृद्धिदर १० वर्षमा सबैभन्दा बढी लुम्बिनीमा १४ प्रतिशतले बढेको छ केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनसंख्याको प्रारम्भिक विवरणमा यस्तो उल्लेख भएको हो ।
    यस्तै मधेश प्रदेशमा १३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा जनसंख्या वृद्धि भएको छ । अन्य प्रदेशमा १० प्रतिशतभन्दा कमले जनसंख्या वृद्धि भएको जनगणनाको प्रारम्भिक तथ्यांकले देखाएको छ ।


    मनाङमा सबैभन्दा कम

    नेपालका ७७ वटा जिल्लामध्ये हिमाली जिल्ला मनाङमा सबैभन्दा कम जनसंख्या बस्ने गरेको पाइएको छ । मनाङमा जम्मा ५ हजार ६४५ जना मात्र बसोबास गर्ने गरेको पाइएको विभागले जानकारी दिएको छ । यो वर्षको जनगणनाले हिमाली जिल्लामा तुलनात्मकरुपमा कम र तराईका जिल्लामा बढी मानिस बसोबास गर्ने गरेको पाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय जनगणना २०७८
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।