काठमाडौँ । बौद्ध धर्म मान्नेहरुलाई हिन्दु भनेर लेख्ने गणकलाई लमजुङ्गमा पक्राउ गरिएको छ ।
उनलाई तमुहरुले गिरफ्तार गरेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् ।
धर्मको महलमा स्थानीयहरूले बौद्ध भन्दाभन्दै गणकले हिन्दू लेखेपछि स्थानीयले नै नियन्त्रणमा लिएर सिडिओ कार्यालय पुर्याएका हो ।
आफ्नो कार्यालयमा एक महिला गणक सहित स्थानीयहरु आएको र छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले जानकारी दिए । यस विषयमा के गर्ने भनेर छलफलपछि निर्णय गर्ने वैद्यले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology