देवदह । देवदह इङ्लिस बोर्डिङ हाई स्कूलमा अन्तर सदनात्मक टेबल टेनिस तथा व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएका छन् । खेलकुदलाई प्रोत्साहन गर्ने उद्धेश्यले वार्षिक कार्यतालिका अनुसार शुक्रवार अन्तर सदनात्मक छात्र टेबल टेनिस र छात्रा व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको विद्यालयले जनाएको छ ।
कक्षा ४ देखि ६ सम्मको छात्र टेबल टेनिस प्रतियोगितामा हरियो सदनका सेनिस राना र सुदर्शन दुवे प्रथम बने भने निलो सदनका गौरव काफ्ले र कृतिम थापा द्वितीय स्थानमा रहेका थिए ।
त्यस्तै, कक्षा ७ देखि ९ तहमा सम्पन्न छात्रा व्याडमिन्टन प्रतियोगितामा रातो सदनकी रिहाना कुँवर प्रथम र खुसी राना द्वितीय हुन सफल भए ।
कार्यक्रममा बोल्दै विद्यालयका कार्यवाहक प्राचार्य मनबहादुर क्षेत्रीले खेलकुदले विद्यार्थीमा नेतृत्व, सहकार्य र आत्मविश्वास जस्ता गुणहरू विकास गर्ने भएकाले विद्यालयले खेलकुदलाई प्रोत्साहन गर्दै आएको बताए ।
प्रतियोगिताहरूको सञ्चालन तथा सहजीकरण खेल शिक्षक युवराज पौडेलले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology