Logo

२०८३, आश्विन ९गते


images
images

देवदह बोर्डिङमा तीज गीत तथा नृत्य प्रतियोगिता

देवदह बोर्डिङमा तीज गीत तथा नृत्य प्रतियोगिता

images
  • देवदह बोर्डिङमा तीज गीत तथा नृत्य प्रतियोगिता
    images
    images

    देवदह । देवदह ईङलिस बोर्डिङ हाई स्कूलमा साप्ताहिक रुपमा सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षागत तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन तथा मौलिक सँस्कृति जगेर्ना गर्ने उद्धेश्यले प्रतियोगिता गरिएको हो । 

    images
    images
    images

    बुधबार कक्षागत रुपमा सम्पन्न प्रतियोगितामा कक्षा १ देखि ३ तर्फ कक्षा २ रोज प्रथम, कक्षा १ रोज द्वितीय र कक्षा ३ रोजका विद्यार्थीहरुले तृतीय स्थान हासिल गरे । 

    images
    images
    images

    त्यसैगरि अन्तरसदनात्मक जुनियर कक्षा ४ देखि ६ सम्म गरिएको प्रतिष्पर्धामा रातो सदन प्रथम, पहेंलो सदन द्वितीय र हरियो सदन तृतीय भए । यस्तै सिनियर कक्षा ७ देखि ९ सम्म अन्तरसदनात्मक रुपमै गरिएको प्रतियोगितामा हरियो सदन प्रथम, पहेलो सदन  द्वितीय र रातो सदनले तृतीय स्थान हासिल गरेको बिद्यालयले जनाएको छ ।

    images
    images
    images

    आन्तरिक विद्यालय व्यवस्थापक सुजाता लामिछानेको अध्यक्षता, संस्थापक प्राचार्य विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्य, विद्यालयका नृत्य शिक्षक भावना पुन, सङ्गित शिक्षक सुमन गुरुङ र अतिरिक्त क्रियाकलाप संयोजक अर्पण पौडेल निणर्ायक रहेको प्रतियोगिता शिक्षक आशिष वस्यालको संचालनमा सम्पन्न भएको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह बोर्डिङ् स्कुल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।