देवदह । देवदह इङलिस बोर्डिङ हाई स्कुल देवदह-७ मा शैक्षिक सत्र २०८१ का लागी कक्षा नर्सरी देखि ९ सम्म भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रमको आयोजना गरि स्वागत गरिएको छ ।
कार्यक्रममा बोल्दै संस्थाका संस्थापक प्राचार्य विष्णु प्रसाद पौडेलले नवआगुन्तक विद्यार्थीहरुलाई स्वागत गर्दै अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने अवसर देवदहले प्रदान गर्नेमा जोड दिए ।
विद्यालयले स्थापना कालदेखि लगातार जिल्ला, अञ्चल, प्रदेश गर्दै राष्टिय स्तरमै ४ जि.पि.ए हासिल गरि नेपाल प्रथम हुन सफल भएको संस्थामा आफना नानीवावुहरुको भविष्य सुनिश्चित गरेकोमा अभिभावकहरुलाई हार्दिक धन्यबाद तथा बधाई दिए ।
विद्यालयका निमित्त प्राचार्य मन बहादुर क्षेत्रीको स्वागत र सह प्राचार्य विष्णु अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology